क्रम-विकास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जीव विज्ञान शृङ्खलाको भाग
क्रम-विकास
तन्त्र र प्रक्रियाहरु

अनुकूलन
आनुवंशिक बहाव
जीन प्रवाह
उत्परिवर्तन
प्राकृतिक चयन
प्रजातीकरण

अनुसन्धान एवं इतिहास

परिचय
प्रमाण
जीवन-विकासको इतिहास
इतिहास
समर्थनको स्तर
आधुनिक संश्लेषण
आपत्ति / विवाद
सामाजिक प्रभाव
सिद्धांत अनि तथ्य

विकासवादी जीव विज्ञान क्षेत्रहरु

सामूहिकीकरण
पारिस्थितिक आनुवंशिकी
विकासवादी विकास
विकासवादी मनोविज्ञान
आणविक विकास
जातीय आनुवंशिकी
जनसंख्या आनुवंशिकी
वर्गीकरण

जीवविज्ञान पोर्टल ·

आनुवांशिकताको आधार डीएनए, जसमा परिवर्तन हुँदा नयाँ जातिहरू उत्पन्न हुन्छन्।

जीवहरूमा वातावरण र परिस्थितिहरू अनुसार अथवा अनुकूल कार्य गर्नु क्रमिक परिवर्तन तथा यसको फलस्वरूप नयाँ जातिका जीवहरूको उत्पत्तिलाई क्रम-विकास अथवा उद्विकास भनिन्छ जसलाई अङ्ग्रेजीमा Evolution भनिन्छ।[१] क्रम-विकास एक मन्द एवं गतिशील प्रक्रिया हो जसको फलस्वरूप आदि युगका सरल रचना भएका जीवहरूदेखि अधिक विकसित जटिल रचना भएका नयाँ जीवहरूको उत्पत्ति हुन्छ।[२] जीव विज्ञानमा क्रम-विकास कुनै जीवको संख्याको एक पीढीदेखि दोस्रो पीढीसम्ममा जीनमा आएको परिवर्तन हो। तर कुनै एक पीढीमा देखिएको यो परिवर्तन धेरै सानो हुन्छ। प्रत्येक पीढीमा यो परिवर्तन सञ्चित हुनसक्छ र समयको साथमा त्यस जीवको संख्यामा धेरै परिवर्तन ल्याउन सक्छ। यो प्रक्रिया नयाँ प्रजातिहरूको उद्भव [३] मा परिणित हुनसक्छ। विशेषगरी, विभिन्न प्रजातिहरूको बीचको समानता यस कुराको द्योतक हुन्छ ककि सबै ज्ञात प्रजातिहरू एउटै सामान्य पूर्वज (अथवा पुश्तैनी जीन पूल)का वंशज हुन् र क्रमिक विकासको प्रक्रियाले यिनलाई विभिन्न प्रजातिहरूमा विकसित गरेको हो।[४]

क्रमविकासका सिद्धान्तहरु[सम्पादन गर्नुहोस्]

  1. अवशेषबाट प्राप्त प्रमाण
  2. तुलनात्मक शरीर रचनाबाट प्राप्त प्रमाण
  3. भ्रूणसम्बन्धी प्रमाण
  4. अवशेषाङ्गबाट प्राप्त प्रमाण
  5. भौगोलिक वितरणबाट प्राप्त प्रमाण
  6. दुई वर्गबिचका जनावरबाट प्राप्त प्रमाण

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. सिंह, गौरीशंकर (मार्च १९९२), हाई-स्कूल जीव-विज्ञान, कोलकाता: नालन्दा साहित्य सदन, पृ: ८२।  |accessday= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonth= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. यादव, नारायण, रामनन्दन, विजय (मार्च २००३), अभिनव जीवन विज्ञान, कोलकाता: निर्मल प्रकाशन, पृ: २२१।  |accessday= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonth= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. (Gould 2002)
  4. Futuyma, Douglas J. (२००५), Evolution, Sunderland, Massachusetts: Sinauer Associates, Inc, आइएसबिएन 0-87893-187-2 

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाहिरबाट[सम्पादन गर्नुहोस्]