क्रम-विकास
| जीव विज्ञान शृङ्खलाको भाग |
| क्रम-विकास |
| तन्त्र र प्रक्रियाहरु |
|---|
|
अनुकूलन |
| अनुसन्धान एवं इतिहास |
|
परिचय |
| विकासवादी जीव विज्ञान क्षेत्रहरु |
|
सामूहिकीकरण |
| जीवविज्ञान पोर्टल · |
जीवहरूमा वातावरण र परिस्थितिहरू अनुसार अथवा अनुकूल कार्य गर्नु क्रमिक परिवर्तन तथा यसको फलस्वरूप नयाँ जातिका जीवहरूको उत्पत्तिलाई क्रम-विकास अथवा उद्विकास भनिन्छ जसलाई अङ्ग्रेजीमा Evolution भनिन्छ।[१] क्रम-विकास एक मन्द एवं गतिशील प्रक्रिया हो जसको फलस्वरूप आदि युगका सरल रचना भएका जीवहरूदेखि अधिक विकसित जटिल रचना भएका नयाँ जीवहरूको उत्पत्ति हुन्छ।[२] जीव विज्ञानमा क्रम-विकास कुनै जीवको संख्याको एक पीढ़ीदेखि दोस्रो पीढ़ीसम्ममा जीनमा आएको परिवर्तन हो। तर कुनै एक पीढ़ीमा देखिएको यो परिवर्तन धेरै सानो हुन्छ। प्रत्येक पीढ़ीमा यो परिवर्तन सञ्चित हुनसक्छ र समयको साथमा त्यस जीवको संख्यामा धेरै परिवर्तन ल्याउन सक्छ। यो प्रक्रिया नयाँ प्रजातिहरूको उद्भव [३] मा परिणित हुनसक्छ। विशेषगरी, विभिन्न प्रजातिहरूको बीचको समानता यस कुराको द्योतक हुन्छ ककि सबै ज्ञात प्रजातिहरू एउटै सामान्य पूर्वज (अथवा पुश्तैनी जीन पूल)का वंशज हुन् र क्रमिक विकासको प्रक्रियाले यिनलाई विभिन्न प्रजातिहरूमा विकसित गरेको हो।[४]
सन्दर्भ [सम्पादन गर्ने]
- ↑ सिंह, गौरीशंकर (मार्च १९९२), हाई-स्कूल जीव-विज्ञान, कोलकाता: नालन्दा साहित्य सदन, p. ८२
- ↑ यादव, नारायण, रामनन्दन, विजय (मार्च २००३), अभिनव जीवन विज्ञान, कोलकाता: निर्मल प्रकाशन, p. २२१
- ↑ (Gould 2002)
- ↑ Futuyma, Douglas J. (2005), Evolution, Sunderland, Massachusetts: Sinauer Associates, Inc, ISBN 0-87893-187-2
यी पनि हेर्नुहोस् [सम्पादन गर्ने]
बाहिरबाट [सम्पादन गर्ने]
- डार्विनको विकासवादको प्रासंगिकता (डी डब्ल्यू वर्ड)
- विकसित हुँदै विकासवाद
- कस्ता थिए पृथ्वीका प्रारंभिक जीवधारी? ललित किशोर पांडेय
