क्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कार
पुरस्कृत (कारण)क्रिया विज्ञान तथा चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान
स्थानसोल्नामा स्टकहोम शहरी क्षेत्र, स्विडेन
प्रस्तुतकर्तानोबेल समितिको कारोलिन्स्का संस्थान
प्रथम पुरस्कृत१९०१
वेबसाइटnobelprize.org

क्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कार (स्वीडेनी: Nobelpriset i fysiologi eller medicin) वार्षिक रूपमा क्रिया विज्ञान तथा चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिहरूलाई नोबेल समितिको कारोलिन्स्का संस्थानले प्रदान गर्दछ । यो ५ नोबेल पुरस्कार रसायन विज्ञान, भौतिक शास्त्र, साहित्य, शान्ति र क्रिया विज्ञान तथा चिकित्सा मध्ये एक हो जसलाई सन् १८९५ मा अल्फ्रेड नोबेलको इच्छा अनुसार स्थापना गरिएको थियो ।[१][२] यो पुरस्कार नोबेल फाउन्डेसन द्वारा प्रशासित र एकेडमी द्वारा निर्वाचित पाँच सदस्य हुन्छन् जो रसायनशास्त्रका लागि नोबेल समितिको प्रस्तावमा नोबेल समितिको कारोलिन्स्का संस्थानद्वारा सम्मानित गर्ने गरिन्छ । यो पुरस्कार प्रत्येक वर्ष डिसेम्बर १० मा नोबेलको मृत्युको वार्षिकोत्सवमा एक वार्षिक समारोहमा स्टकहोममा प्रस्तुत गर्ने गरिन्छ । क्रिया विज्ञान तथा चिकित्साको पहिलो नोबेल पुरस्कार सन् १९०१ मा जर्मन जीवशास्त्री एमिल अडोल्फ वन बेहरिङ्गलाई सीरम चिकित्सामा काम र डिप्थेरिया विरुद्ध खोप विकासका लागि सम्मानित गरिएको थियो । यस विधामा नोबेल पुरस्कार पाउने पहिलो महिला गर्टी कोरी हुन् जसले मधुमेहको उपचार सहित औषधीको धेरै पक्षहरूमा महत्त्वपूर्ण ग्लुकोजको चयापचयमा उनको भूमिकाको लागि सन् १९४७ मा पुरस्कृत गरिएको थियो ।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

पुरस्कार[सम्पादन गर्नुहोस्]

क्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कार विजेताले स्वर्ण पदक, एउटा वृत्तान्त दिने डिप्लोमा, र मुद्रा सहितको राशि पाउने गर्दछ ।[३]

नोबेल पुरस्कार मेडल[सम्पादन गर्नुहोस्]

नोबेल पुरस्कार डिप्लोमा[सम्पादन गर्नुहोस्]

पुरस्कार राशी[सम्पादन गर्नुहोस्]

बिजेताहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "History – Historic Figures: Alfred Nobel (1833–1896)", बिबिसी, अन्तिम पहुँच २०१०-०१-१५ 
  2. "Guide to Nobel Prize", ब्रिट्यानिका, अन्तिम पहुँच २०१३-०६-१० 
  3. Tom Rivers, "2009 Nobel Laureates Receive Their Honors | Europe| English", .voanews.com, अन्तिम पहुँच २०१०-०१-१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]