क्रुप

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Croup
वर्गीकरण एवं बाह्य साधन

The steeple sign as seen on an AP neck X-ray of a child with croup
आईसीडी-१० J05.0
आईसीडी- 464.4
डिजीज-डीबी 13233
मेडलाइन प्लस 000959
ईमेडिसिन ped/510 emerg/370 radio/199
एम.ईएसएच D003440

क्रुप (वा laryngotracheobronchitis) सामान्यतया माथिल्लो श्वास मार्गको घातक भाइरल संक्रमणको कारणले हुने एउटा श्वास प्रश्वासको अवस्था हो। संक्रमणले घाँटी भित्र सुन्निने अवस्थासम्म पुर्‍याउँछ, जसले सामसन्य श्वास प्रश्वासमा बाधा उत्पन्न गर्छ र "भुकाइ” खोकी, स्ट्रिडर, र घाँटी बस्ने का सामान्य लक्षणहरु देखाउँछ। यसले हल्का, मध्यम, वा गम्भीर लक्षणहरु उत्पन्न गर्न सक्छ, जसले प्राय: रातीमा दु:ख दिन्छन्। यो प्राय: खाने स्टेरोइडहरुको एउटा मात्रै मात्रा (डोज) बाट उपचार गरिन्छ; कहिलेकहीँ गम्भीर अवस्थाहरुमा एपिनेफ्रिन को पनि प्रयोग हुन्छ। अस्पतालमा भर्ना गर्नुपर्ने आवश्यकता बिरलै रुपमा पर्छ।

एकपटक लक्षणहरुका सम्भावित बढी गम्भीर कारणहरु (जस्तै एपिग्लोट्टाइटिस वा बाहिरि बस्तु निकाल्ने श्वास मार्ग) लाई छोडेर, क्रुपलाई नैदानिक आधारमा पहिचान गरिन्छ। रगत परिक्षण, एक्स्-रेहरु, र कल्चरहरु-जस्ता अधिक जाँचहरु-सामान्यतया आवश्यक पर्दैनन्। यो तुलनात्मक रुपमा सामान्य अवस्था हो जसले केही विन्दुमा सामन्यतया 6 महिना र 5-6 वर्ष उमेर बीचका, करिब 15% बालबालिकाहरुलाई प्रभावित गर्छ। यो प्राय: किशोर वा वयस्क अवस्थामा कहिल्यै पनि देखिँदैन्। एकपटक मुख्य रुपमा डिप्थीरियाको कारणले भइसकेपछि, खोप को सफलता र स्वच्छता र जीवन स्तरमा आएको सुधारले यो कारणलाई अहिले मुख्यत: पश्चिमी राष्ट्रहरुमा ऐतिहासिक महत्वको रुपमा लिइने गरिन्छ।

संकेत तथा लक्षणरु[सम्पादन गर्ने]

क्रुपलाई "भुकाइ" खोकी, घर्घर आवाज आउने, घाँटी बस्ने, र सास फेर्न गर्‍हो हुने भनि चरित्र-चित्रण गरिएको छ जसले सामान्यतया रातीमा दु:ख दिन्छ।[१] "भुकाइ" खोकीलाई प्राय: सील वा सी लायनको बोलीको रुपमा व्याख्या गरिन्छ।[२] स्ट्रिडर होहल्ला वा रुने/चिच्याउने गर्दा खराब हुन्छ, र यदि यसलाई विश्रामको बेलामा पनि सुन्न सकियो भने, यसले श्वास मार्गको संकटमय संकुचनलाई संकेत गरेको हुन सक्छ। क्रुप बिग्रिनाले, स्ट्रिडर अधिक रुपमा घट्न सक्छ।[१]

अन्य लक्षणहरुमा ज्वरो, कोरिजा ([[साधारण रुघाखोकी] का समान्य लक्षणहरु ]), र चेस्ट वाल इनड्रइङ पर्दछन्।[१][३] र्‍याल बगाउनु वा धेरै बिरामी देखिनुले अन्य चिकित्सा अवस्थाहरुलाई संकेत गर्छ।[३]

कारणहरु[सम्पादन गर्ने]

क्रुप सामान्यतया भाइरल संक्रमणको कारणले हुन्छ भन्ने विश्वास गरिन्छ।[१][४] घातक laryngotracheitis, अनियमित क्रुप, लेरिङ्गिल डिप्थीरिया, जीवाणुले गर्दा हुने श्वासनली सोथ, laryngotracheobronchitis, र laryngotracheobronchopneumonitis समावेश गर्न, अरुले यस शब्दलाई विस्तृत रुपमा प्रयोग गर्छन्। पहिला दुई अवस्थाहरु भाइरल संक्रमणले गर्दा हुन्छन् र रोग-लक्षण विज्ञान अनुसार मामूली हुन्छन्; अन्तिम चारवटा जीवाणु संक्रमणको कारणले हुने गर्छन् र सामान्यतया बढी गम्भीर प्रकारका हुन्छन्।[२]

भाइरल[सम्पादन गर्ने]

75% केसहरुमा, मुख्यतया किसिम 1 र 2, भाइरल क्रुप वा घातक पाराइन्फ्लूएन्जा भाइरस को कारणे हुने गर्दछ।[५] अन्य भाइरल इटिओलोजीजमा इन्फ्लूएन्जा A र B, दादुरा, एडिनोभाइरसरेस्पिरेटरी सिंसियल भाइरस (RSV)पर्द्छन्।[२] अनियमित क्रुप घातक laryngotracheitis को रुपमा सोही ग्रुपकका भाइरसहरुको कारणले हुने गर्दछ, तर संक्रमणका प्रायजसो देखिने संकेतहरु (जस्तै ज्वरो, घाँटी खराब हुने, र बढ्दो सेता रक्त कोष संख्या) न्यून मात्रामा हुन्छन्।[२] उपचार, र उपचारको लागि प्रतिक्रिया, समान हुन्छ।[५]

जीवाण्विक[सम्पादन गर्ने]

जीवाणुले गर्दा हुने क्रुपलाई लेरिङ्गिल डिप्थीरिया, जीवाणुले गर्दा हुने श्वासनली सोथ, laryngotracheobronchitis, र laryngotracheobronchopneumonitis मा विभाजन गर्न सकिन्छ।[२] लेरिङ्गिल डिप्थीरिया कोरिनब्याक्टेरियम डिप्थीरिया को कारणले हुन्छ जबकी जीवाणुले गर्दा हुने श्वासनली सोथ, laryngotracheobronchitis, र laryngotracheobronchopneumonitis प्रायजसो गौण रुपमा जीवाणुको वृद्धिसँगै मुख्यतया भाइरल इन्फेक्सनको कारणले हुने गर्दछन्। सबैभन्दा सामन्य जीवाणुहरु स्टाफीलोकोकस औरेयस, स्ट्रेपटोकोकस निमोनिया, हेमोफिलस इन्फ्लूएन्जा, र मोरेक्सेल्ला क्याटर्रहलिस हुन् भन्ने अनुमान लाउन सकिन्छ।[२]


प्याथोफिजियोलोजी[सम्पादन गर्ने]

सेता रक्त कोषहरु (विशेष रुपमा हिस्टिओसाइट्स, लोम्फोसाइट्स, प्लाज्मा कोषहरु, र न्यूट्रोफिल्स) को फिल्टर नहुने कारणले क्रुप हुने कारण बनेको भाइरल संक्रमणले कंठ, श्वासनली, र ठूलो वायुनली[४] को सूजनसम्म गराउँछ।[२] सुन्निएको कारणले गर्दा श्वासमार्गमा बाधा उत्पन्न हुन्छ जुन विचारणीय हुँदा, श्वासप्रश्वासमा अस्वभाविक रूपमा काम बढ्नु र स्ट्रिडोर नामक स्वभावगत अशान्त, बढी स्वर निकाल्ने श्वास प्रवाहको कारण बन्छ।[४]

निदान[सम्पादन गर्ने]

वेस्टले प्राप्ताङ्क: क्रुप गम्भीरताको वर्गीकरण[५][६]
विशेषता यस विशेषताको लागि निर्दिष्ट गरिएका विकल्पहरुको संख्या
0 1 2 3 4 5
चेस्ट वाल
खुम्चिनु
कुनैपनि होइन सामान्य मध्यम गम्भीर
घर्घर आवाज आउने कुनैपनि होइन उत्तेजना
सहित
विश्राममा
साइअनोसिस कुनैपनि होइन उत्तेजना
सहित
विश्राममा
चेतनाको
स्तर
सामान्य विकेन्द्रित
वायु प्रवेश सामान्य कमी आएको स्पष्ट रुपमा कमी आएको

क्रुप एउटा रोग-विषयक निदान हो। [४] सबैभन्दा पहिलो कदम भनेको माथिल्लो श्वासमार्गको अन्य प्रतिरोधात्मक अवस्थाहरू, विशेष रूपमा इपिग्लोटिटिस, श्वासमार्ग बाहिरि वस्तुहरू, सबग्लोट्टिक स्टेनोसिस, एङ्गिओडेमा, रेट्रोफ्यारिङ्गिल एब्सेस, and जीवाणुले गर्दा हुने श्वासनली शोथ लाई हटाउनु हो।]][२][४]

घाँटीको अगाडिको भागको एक्स्-रे नियमित रूपमा गरिँदैन,[४] तर यदि यो गरिन्छ भने, यसले श्वासनली स्वभावगत ढङ्गले साँघुरो भएको देखाउँछ जसलाई गजुर लक्षण भनिन्छ, जुन सबग्लोटिक स्टेनोसिसको कारणले गर्दा हुन्छ, जुन आकारमा गजुर जस्तै हुन्छ। गजुर लक्षण निदानको सूचक हो, तर यो आधा मामिलाहरूमा अनुपस्थित हुन्छ।[३]

तिनीहरूले अनावश्यक उत्तेजना उत्पन्न गराउन सक्ने भएको हुनाले र यस कारणले गर्दा जोखिममा रहेको श्वासमार्गमा तनावलाई अझ नराम्रो बनाउने भएको हुनाले, अन्य अनुसन्धानहरू (जस्तै रगत परिक्षणहरू र भाइरल कल्चर) लाई हतोत्साहित गरिन्छ।[४] नासोफेरिङ्गिल यन्त्रले श्वास बाहिर निकाल्ने क्रिया मार्फत लिइने भाइरस कल्चरहरूलाई ठोस कारण निश्चित गर्न प्रयोग गर्न सकिने भएता पनि, यिनीहरूलाई सामान्यतया अनुसन्धान व्यवस्थाहरूमा सीमित गरिन्छ।[१] यदि व्यक्तिमा स्तरीय उपचारले सुधार ल्याउँदैन भने, जीवाणुले गर्दा भएको संक्रमणलाई ध्यानमा राखिनुपर्छ, जुन स्थितिमा अझ धेरै अनुसन्धानहरू जाहिर गर्न सकिन्छ।[२]

गम्भीरता[सम्पादन गर्ने]

क्रुपको गम्भीरतालाई वर्गीकरण गर्ने सबैभन्दा बढी प्रयोग गरिने प्रणाली भनेको वेस्टले प्राप्ताङ्क हो। यो नैदानिक अभ्यासमा भन्दा पनि मुख्यतया अनुसन्धान प्रयोजनको लागि प्रयोग गरिन्छ।[२] यो यी पाँचवटा तत्वहरुको लागि निर्दिष्ट गरिएका विकल्पहरुको जोड हो: चेतनाको स्तर, साइअनोसिस, स्ट्रिडर, वायु प्रवेश, र खुम्चिनु।[२] प्रत्येक तत्त्वको लागि दिइएका विकल्पहरुलाई दायाँपट्टी सुचीबद्ध गरिएको छ, र अन्तिम प्राप्ताङ्क 0 देखी 17 को बीचमा छ।[६]

  • कुल प्राप्राङ्क ≤ 2 ले सामान्य क्रुपलाई संकेत गर्छ। भुकाइ खोकी र घाँटी बस्ने लक्षण विद्यमान रहन सक्छन्, तर विश्रामको बेलामा घर्घर आवाज आउँदैन।[५]
  • 3–5 सम्मको कुल प्राप्ताङ्कलाई मध्यम क्रुपको रुपमा वर्गीकरण गरिएको छ। यो सजिलै घर्घर सुनिने गरि विद्यमान रहन्छ, तर केही अन्य संकेतहरु सहित।[५]
  • 6–11 सम्मको कुल प्राप्ताङ्क गम्भीर क्रुप हो। यो स्पष्ट घर्गर सहित विद्यमान रहन्छ, तर स्पष्ट चेस्ट वाल इनड्रइङ पनि देखिन्छ।[५]
  • कुल प्राप्ताङ्क ≥ 12 ले श्वास-प्रश्वासको खाराबी को नजिक पुगिरहेको संकेत गर्छ। यो चरणमा अब उप्रान्त भुकाइ खोकी र घर्घर हुने देखा नपर्न सक्छन्।[५]

सामान्य रोग भएका 85% बालबालिकाहरुलाई आकस्मिक विभागमा ल्याइन्छ; गम्भीर क्रुप बिरैलै हुन्छ (<1%)।[५]

रोकथाम[सम्पादन गर्ने]

क्रुपको धेरै मामिलाहरूलाई इन्फ्लुएन्जा को प्रतिरक्षण द्वारा रोकथाम गरिएको छ। एक समयमा क्रुपलाई डिप्थीरियल रोगको रूपमा उल्लिखित गरिन्थ्यो, तर प्रतिरक्षणले गर्दा, विकसित क्षेत्रमा डिप्थीरिया अब दुर्लभ भैसकेको छ।[२]

उपचार[सम्पादन गर्ने]

क्रुप भएका बालबालिकाहरूलाई सामान्यतया सकेसम्म शान्त राखिन्छ।[४] नियमित रूपमा स्टेरोइडहरू दिइन्छ, र गम्भीर अवस्थाहरूमा इपिनेफ्रिन प्रयोग गरिन्छ।[४] 92% भन्दा तल अक्सिजन संतृप्तिहरू भएका,[२] र गम्भीर क्रुप भएका बालबालिकाहरूलाई निरीक्षणको लागि अस्पतालमा भर्ना गर्न सकिन्छ।[३] यदि अक्सिजन चाहिएमा, "ब्लो-बाइ" को व्यवस्था गर्न (बच्चाको अनुहार नजिक अक्सिजनको स्रोत राख्नु) सिफारिस गरिन्छ, किनभने यसले मास्क को प्रयोगले भन्दा कम छटपटी पैदा गर्छ।[२] उपचारले गर्दा, 0.2% भन्दा कम मानिसलाई इन्डोट्रेकियल इन्ट्युबेसन को आवश्यकता पर्छ।[६]

स्टेरोइडहरु[सम्पादन गर्ने]

डेक्सामिथासोनबुडेसोनाइड जस्ता कर्टिकोस्टेरोइड, क्रुप भएका बालबालिकाहरूमा सबै खालका गम्भीरताहरूको परिणामहरूलाई सुधार गर्नको लागि सिद्ध गरिएका छन्।[७] सेवनपछि चाँडोमा छ घण्टामा उल्लेखनीय राहत प्राप्त हुन्छ।[७] मुखद्वारा, मुख वा आहारको रूपमा बाहेक अन्य माध्यमद्वारा, वा श्वासद्वारा दिँदा पनि प्रभावकारी भएता पनि, मुखको पथ रोजाइमा पर्छ।[४] सामान्यतया एक मात्र मात्राले आवश्यकता पूरा गर्छ, र सामान्यतया यसलाई पूर्णतया सुरक्षित मानिन्छ।[४] डिक्सामिथासोनको सबै 0.15, 0.3 र 0.6 mg/kg को मात्रा समान रूपमा प्रभावकारी देखिन्छ।[८]

एपिनेफ्रिन[सम्पादन गर्ने]

हल्का देखि गम्भीर क्रुपलाई नेबुलाइजड् इपिनेफ्रिन बाट अस्थायी रूपमा सुधार्न सकिन्छ।[४] इपिनेफ्रिनले आम रूपमा 10-30 मिनेट भित्र क्रुपको गम्भीरता हटाउने भएता पनि, फाइदा लगभग 2 घण्टाको लागि मात्र रहन्छ।[१][४] यदि उपचार पछि अवस्था 2-4 घण्टाको लागि सुध्रिएको स्थितिमा रहन्छ र कुनैपनि अन्य जटिलताहरू उत्पन्न हुँदैन भने, आम रूपमा बच्चालाई अस्तालबाट डिस्चार्ज गरिन्छ।[१][४]

अन्य[सम्पादन गर्ने]

क्रुपका लागि अन्य उपचारहरुको पनि अध्ययन गरिएको छ, तिनीहरुको प्रयोगलाई समर्थन गर्ने कुनैपनि पर्याप्त प्रमाण छैन। तातो बाफ वा ओसिलोपना भएको हावा लिनु परम्परागत स्वयम्-स्याहार उपचार हो, तर रोग बिषयक अध्ययनहरुले त्यसको प्रभावकारीता छैन भन्ने देखाउँछ[२][४] र हाल यो बिरलै रुपमा प्रयोग गरिन्छ।[९] The use of खोकीको औषधिहरु, जसमा सामान्यतया डेक्स्ट्रोमेथोरफान र/वा गुइआफेनेसिन हुन्छ, तिनीहरु पनि हतोत्साहित भएका छन्।[१] जबकी सास लिने काम घटाउनको लागि हिलिअक्स (हिलियमअक्सिजन को मिश्रण) लिने काम विगतमा प्रयोग गरिएको थियो, यसको प्रयोगलाई समर्थन गर्ने थोरै मात्र प्रमाणहरु छन्।[१०] क्रुप एउटा भाइरल रोग भएको हुनाले, एन्टिबायोटिक औषधिहरु जीवाणुले गर्दा हुने अतिरिक्त संक्रमणको आशंका नगरिए सम्म प्रयोग गरिँदैनन्।[१] जीवाणुले गर्दा हुने अतिरिक्त संक्रमणको सम्भावना भएको अवस्थामा, एन्टिबायोटिक औषधिहरु भ्यान्कोमाइसिनसिफोट्याक्जाइम सिफारिस गरिन्छन्।[२] इन्फ्लुएन्जा A वा B सँग सम्बन्धित गम्भीर अवस्थाहरुमा, एन्टिभाइरल न्यूरामिनिडेस इन्हिबिटर्स दिन सकिन्छ।[२]

रोग निदान[सम्पादन गर्ने]

भाइरल क्रुप सामान्यतया एउटा स्वयम्-सीमित भएको रोग हो, तर धेरै कम रुपमा मात्र श्वास प्रश्वासको विफलता र/वा हृदय घात बाट मृत्यु हुन सक्छ।[१] लक्षणहरु सामन्यतया दुई दिन भित्रमा सुधार हुन्छ, तर सात दिनसम्म रहन सक्छ।[५] अन्य असाधारण जटिलताहरुमा जीवाणुले गर्दा हुने श्वासनली शोथ, निमोनिया, र पल्मोनरी सूजन पर्दछन्।[५]

इपिडिमियोलोजी[सम्पादन गर्ने]

क्रुपले 15% बालबालिकाहरुलाई असर गर्छ, र सामान्यतया 6 महिना र 5-6 वर्ष उमेर बीचका बालबालिकाहरुमा देखापर्छ।[२][४] यो जनसङ्ख्यामा करिब 5% अस्पाताल भर्नाहरुको लागि यो जिम्मेबार छ।[५] बिरैलै केसहरुमा, यो 3 महिनाका र 15 वर्षका बालबालिकाहरुमा देखिन सक्छ।[५] पुरुषहरु महिलाहरु भन्दा 50% छिटो-छिटो संक्रमित हुन्छन्, र शरद ऋतुमा बढ्दो दरमा फैलिने गर्दछ।[२]

इतिहास[सम्पादन गर्ने]

क्रुप भन्ने शब्द प्रारम्भिक आधुनिक अङ्ग्रेजी क्रियापद "क्रुप" बाट आएको हो, जसको मतलब "घोक्रो स्वरले रुनु" हो; यस शब्दलाई रोगमा सबैभन्दा पहिला स्कटल्यान्डमा लागू गरिएको थियो र 18औँ शताब्दीमा प्रचलित गरिएको थियो।[११] डिप्थीरिटिक क्रुप होमर को प्राचीन ग्रिस समय देखि नै ज्ञात हुँदै आएको कुरा हो र 1826 मा आएर ब्रिटोनिउ ले क्रुपलाई डिप्थीरिया को कारणले गर्दा भाइरल क्रुपबाट छुट्याएका थिए।[१२] भाइरल क्रुपलाई त्यस समयमा फ्रेन्चहरूले "फौक्स-क्रुप" भन्थे, किनभने त्यस समयमा क्रुपलाई डिप्थीरिया जीवाणुको कारणले गर्दा भएको रोगको रूपमा उल्लेख गरिन्थ्यो।[९] प्रभावकारी प्रतिरक्षण को आगमनको कारणले गर्दा डिप्थीरियाको कारणले हुने क्रुप लगभग अज्ञात बनेको छ।[१२]

सन्दर्भहरु[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ १.७ १.८ १.९ Rajapaksa S, Starr M (May 2010), "Croup – assessment and management", Aust Fam Physician 39(5): 280–2, PMID 20485713 
  2. २.०० २.०१ २.०२ २.०३ २.०४ २.०५ २.०६ २.०७ २.०८ २.०९ २.१० २.११ २.१२ २.१३ २.१४ २.१५ २.१६ २.१७ २.१८ Cherry JD (2008), "Clinical practice. Croup", N. Engl. J. Med. 358(4): 384–91, PMID 18216359, doi 10.1056/NEJMcp072022 
  3. ३.० ३.१ ३.२ ३.३ "Diagnosis and Management of Croup" (PDF), BC Children’s Hospital Division of Pediatric Emergency Medicine Clinical Practice Guidelines 
  4. ४.०० ४.०१ ४.०२ ४.०३ ४.०४ ४.०५ ४.०६ ४.०७ ४.०८ ४.०९ ४.१० ४.११ ४.१२ ४.१३ ४.१४ ४.१५ Everard ML (February 2009), "Acute bronchiolitis and croup", Pediatr. Clin. North Am. 56(1): 119–33, x–xi, PMID 19135584, doi 10.1016/j.pcl.2008.10.007 
  5. ५.०० ५.०१ ५.०२ ५.०३ ५.०४ ५.०५ ५.०६ ५.०७ ५.०८ ५.०९ ५.१० ५.११ Johnson D (2009), "Croup", Clin Evid (Online) 2009, PMID 19445760 
  6. ६.० ६.१ ६.२ Klassen TP (December 1999), "Croup. A current perspective", Pediatr. Clin. North Am. 46(6): 1167–78, PMID 10629679, doi 10.1016/S0031-3955(05)70180-2 
  7. ७.० ७.१ Russell KF, Liang Y, O'Gorman K, Johnson DW, Klassen TP (2011), "Glucocorticoids for croup", Cochrane Database Syst Rev 1(1): CD001955, PMID 21249651, doi 10.1002/14651858.CD001955.pub3 
  8. Port C (April 2009), "Towards evidence based emergency medicine: best BETs from the Manchester Royal Infirmary. BET 4. Dose of dexamethasone in croup", Emerg Med J 26(4): 291–2, PMID 19307398, doi 10.1136/emj.2009.072090 
  9. ९.० ९.१ Marchessault V (November 2001), "Historical review of croup", Can J Infect Dis 12(6): 337–9, PMID 18159359 
  10. Vorwerk C, Coats T (2010), "Heliox for croup in children", Cochrane Database Syst Rev 2(2): CD006822, PMID 20166089, doi 10.1002/14651858.CD006822.pub2 
  11. Online Etymological Dictionary, croup. Accessed 2010-09-13.
  12. १२.० १२.१ Feigin, Ralph D. (2004), Textbook of pediatric infectious diseases, Philadelphia: Saunders, p. 252, ISBN 0-7216-9329-6 

बाह्य लिङ्कहरु[सम्पादन गर्ने]

Croupको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

Definitions from Wiktionary
Images and media from Commons