खगडिया जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(खगड़िया जिल्लाबाट अनुप्रेषित)

खगडिया जिल्ला भारतको बिहार प्रान्तको एक जिल्ला हो। यहाँ केरा अनि खुर्सानीको खेती प्रचुर मात्रामा हुन्छन्। गंगा,कोशी तथा गण्डक नदीहरू यहाँको मुख्य नदीहरू हुन। यो बिहारको महत्त्वपूर्ण जिल्लाहरू मध्ये एक हो। कात्यायनी, श्यामलाल नेशनल हाई स्कुल र अजगैबिनाथ महादेव यहाँको प्रमुख दर्शनीय स्थल हुन। यसको जिल्ला सदरमुकाम खगाडिया शहरमा छ। यो जिल्ला सात नदिहरू गंगा, कमला बलान, कोशी, बुढि गण्डकी, करहा, काली कोशीबागमतीनदीहरूबाट घेरिएको छ। यस बाहेक, यो जिल्ला सहरसा जिल्लाको उत्तरमा, मुंगेरबेगुसराय जिल्लाको दक्षिणमा, भागलपुरमधेपुरा जिल्लाको पूर्व तथा बेगुसराय र समस्तीपुर जिल्लाको पश्चिमबाट घेरिएको छ। यस ठाउँलाई फराकिया भनेर पनि चिनिन्छ। भनिन्छ कि पांच शताब्दी पूर्व मुगल शासकको राजा अकबरले आफ्नो मन्त्री तोडरमललाई निर्देश दिए कि सम्पूर्ण साम्राज्यको एउटा नक्शा तयार गरियोस। तर मन्त्री यस क्षेत्रको नक्शा तयार गर्न सफल भएन किन भनें यो ठाउँ धेरैनै अप्ठयारो मैदान, नदिहरू र सघन जंगलहरूबाट घेरियेको थियो। यही कारण हो कि यस ठाउँको नाम फराकिया राखियो। वर्तमान समयमा यहाँ फराकियांचल टाइम्स नामक साप्‍ताहिक समाचार पत्र पनि प्रकाशित हुन्छ।