खगेन्द्र संग्रौला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(खगेन्द्र सङ्ग्रौलाबाट अनुप्रेषित)
खगेन्द्र संग्रौला
जन्म२००३ साल मंसिर १०
सुभाङ, पाँचथर
पेशालेखक, स्तम्भकार, अध्यापन
राष्ट्रियतानेपाली
शिक्षास्नातक
विधाकथा, नाटक, व्यङ्ग्य
उल्लेखनीय पुरस्कारहरूमैनाली कथा पुरस्कार

खगेन्द्र संग्रौला नेपालका प्रगतिशील साहित्यकार हुन्। कथा र नाटक विधामा विशेष कलम चलाउने संग्रौला पछिल्लो समयमा विभिन्न पत्रपत्रिकामा राजनीतिक लेखहरू लेख्ने गर्छन्।

खगेन्द्र संग्रौलाको जन्म वि सं २००३ मंसिर १० गते पाँचथरको सुभाङ गाउँमा भएको थियो। [१] प्रगतिशील लेखक सङ्घ सँग आबद्ध संग्रौला हाल काठमाडौंमा बसोबास गर्दछन्।

कृतिहरू[सम्पादन गर्नुहोस्]

  • फूलमाया (उपन्यास)
  • नलेखिएको इतिहास (उपन्यास, २०३४)
  • आमाको छटपटी (उपन्यास, २०३४)
  • सेतेको संसार (उपन्यास, २०४०)
  • हाँडीघोप्टेको जीतबाजी (उपन्यास, २०४०)
  • चेतनाको पहिलो डाक (उपन्यास, २०४०)
  • फाटेको लँगौटीले टालेको दिमाग (नाटक)
  • भविष्यको खोजी (नाटक)
  • हस्तक्षेप (कथा सङ्ग्रह, २०५२)
  • जनआन्दोलतका छारोहरू (२०४७)[१]
  • जूनकिरीको संगीत (उपन्यास)

अनुवाद[सम्पादन गर्नुहोस्]

संग्रौलाले विभिन्न भाषाका साहित्यिक कृतिहरू नेपालीमा अनुवादसमेत गरेका छन्। उनले अनुवाद गरेका केही कृतिहरू

  • युवाहरूको गीत (चिनियाँ उपन्यास)
  • शत्रु (म्याक्सिम गोर्कीको नाटक)
  • सरकारी निरीक्षक (गोगेलको उपन्यास)
  • अजम्बरी गाउँ (भियतनामी उपन्यास)
  • तारस बुलवा (गोगेलको नाटक)
  • फूल बेच्ने केटी (कोरियाली नाटक)
  • गुनिला चिनियाँ कथामाला (भाग १ देखि भाग ७ सम्म)
  • लु सुनका कथाहरू
  • होन्डुरसकी महिलाको हृदयको आवाज

पुरस्कार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ गरिमा साहित्यिक मासिक, साझा प्रकाशन, वर्ष १८, अंक ५

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]