खड्ग बाहादुर बिश्वकर्मा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य समेत रहेका सविधान सभा सदस्य खड्गबहादुर बि.क. माओवादी सम्मिलित अन्तरिम मन्त्रीपरिषदमा कृषि मन्त्री हुनुहुन्थ्यो। कर्णाली अञ्चलबाट मन्त्रीपरिषदमा क्याबीनेट मन्त्रीको हैसियतमा प्रतिनिधित्व गर्ने दलित मन्त्रीमा उहाँ पहिलो हुनुहुन्छ।

बिकले प्रमाणपत्र तहसम्मको अध्ययन पुरा गर्नुभएको छ। माओवादीको अन्तरिम व्यवस्थापिकाको विधायक समेत रहेका बिकले लामो समयसम्म शिक्षण पेशा अगाल्नु भएको थियो। कालीकोटको मालकोट -४ सल्लारुखमा ४० वर्षअघि जन्मेका बिक माओवादीले गठन गरेको जिल्ला जनसकार प्रमुख पनि हुनुहुन्थ्यो।बि.क."प्रकाण्ड" उप नामको रूपमा चिनिनु हुन्थ्यो दलित मुक्ति र पिछडिएको क्षेत्रको विकास संविधान सभामा आफ्ना प्रमुख दुई सबाल हुने विक बताउनुहुन्छ। पार्टीले दिएका परिवर्तनको नारा नै आफ्नो विजयको कारण भएको बताउने वि क संविधानसभामा पार्टीको घोषणापत्र अनुसार आफू प्रस्तुत हुने बताउनुहुन्छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा