खिमलाल देवकोटा
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
अन्तरिम व्यवस्थापिका विधायक रहीसक्नुभएका सभासद् खिमलाल देवकोटा 'रूपेश' माओवादी राज्य समिति सदस्य तथा नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय अध्यक्ष हुनुहुन्छ। अन्तरिम सविधान, ०६३को सविधान मस्यौदा समितिको एक सदस्य हुनुहुन्छ देवकोटा।
०३६ देखि राजनीतिमा लाग्नुभएका देवकोटा ०३८मा चौथो महाधिबेसनको पार्टी सदस्यता लिएर वाम राजनीतिमा लाग्नुभएको थियो। ०४२मा पार्टीको नगर समितिमा रहनुभएका देवकोटा जनअधिकार सरोकार अभियान नामक मानवअधिकारवादी संस्थाको सस्थापक सदस्य हुनुहुन्छ। अन्तरिम व्यवस्थापिकामा विधायकसमेत रहीसक्नुभएका देवकोटाकी श्रीमती लक्ष्मी माओलादी जिल्ला समिति सदस्य हुनुहुन्छ। कानूनमा स्नातक देवकोटाले केही वर्ष सरकारी जागीर पनि खानुभयो।
पार्टीका एजेण्डाका अतिरिक्त पूरा प्रणालीलाई नै संस्थागत गर्ने सवैधानिक व्यवस्था गराउनु नै उहाँको मूल एजेण्डा रहेको छ।[१]