खुमा सुबेदी
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
माओवादीका समानुपातिक तर्फबाट विजयी संविधान सभा सदस्य खुमा सुबेदी वाइ. सी. एलको केन्द्रीय सदस्य पनि हुनुहुन्छ। माओवादी जनयुद्धमा मारिएका डोल्पा जिल्लाका सचिव नन्दप्रसाद न्यौपानेकी पत्नी खुमा २०४६ सालदेखि विद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा सुरु गर्नुभएको हो।
माओवादी सभासद झक्कुप्रसाद सुबेदी उहाँका काका हुनुहुन्छ। झक्कु सुवेदीको प्रेरणाले राजनीतिमा लागेकी खुमा रोल्पा जिल्लाको महिला अध्यक्ष हुदै २०५७ सालमा महिलाको केन्द्रीय सदस्य पनि बन्नुभयो। उहाँले जनमुक्ति सेनाको सैन्य फाटमा पनि काम गर्नु भएको छ। थुप्रै युद्धमोर्चाहरूमा भाग लिएकी सुवेदी कमीसार हुनुहुन्थ्यो।
रोल्पाको गजुल -४ पानीपोखरामा ०२९ मंसिर ९ गते जन्मेकी खुमाको बिहे भएको घर डोल्पाको त्रिपुरापुर -२ हो। माओवादी राज्य समितिकी सदस्य समेत रहेकी सुवेदी माओवादीमा विश्वक्रान्तिको नामले चिनिनुहुन्छ।[१]