खुर्पेटो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खुर्पेटोमा हँसिया राखेको

खुर्पेटो अथवा कठिया हँसिया राख्न प्रयोग गरिने औजार हो । काठको टुक्रालाई गोलाकार अथवा आयताकार बनाएर वीचमा हँसिया जाने प्वाल बनाइएको खुर्पेटोको दुबै छेउतिर फलामको सानो रिङ्हरू लगाइएको हुन्छ । उक्त फलामको रिङहरूमा डोरी लगायर खुर्पेटो कमरमा भिर्ने गरिन्छ । गोठालो जाँदा र घाँस, दाउरा काट्न जाँदा किसानहरूले कमरमा खुर्पेटो भिरेर त्यसमा हँसिया राख्ने गर्छन् । तर समयको अन्तरालसँगै खुर्पेटोको चलन हराउन थालेको छ । तै पनि नेपालका कतिपय ठाउँमा पुराना बुढा पाकाहरूको कमरमा खुर्पेटो भिरेको अझैं देख्न पाइन्छ ।

सन्दर्भ सूचीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]