खेमबहादुर बम
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सभासद् खेमबहादुर बम माओवादी डोटी सचिव तथा सेतीमहाकाली राज्य समिति सदस्य पनि हुनुहुन्छ। एसएलसीसम्मको औपचारिक अध्ययन गर्नुभएका बम ०४७ देखि राजनीतिमा लाग्नुभएको थियो। ०५६ देखि सक्रिय राजनीतिमा होमिनुभएका बम ०५८ देखि भूमिगत राजनैतिक जीवन थाल्नुभएको थियो। उहाँ ०५९मा डोटी सदस्यहँुँदै उहाँ बन्नुभयो डोटी जनसरकार प्रमुम पनि। त्यसपछि उहाँ सचिव सेतीमहाकाली मुक्तिमोर्चाको सदस्य पनि हुनुभयो। सामान्य किसान परिवारमा जन्मनुभएका बम फुर्सदमा अध्ययन गर्न रुचाउनुहुन्छ।
उपेक्षित क्षेत्रलाई राज्यको मूलधारमा ल्याउनका लागि सबै क्षेत्रलाई समान ढंगले व्यवहार गर्ने कुरा सविधानमै सुनिश्चित गराउनु बमको मूल एजेण्डा छ। दस वर्षको जनयुद्ध र त्यसमा आफूले गरेको लगानीका साथै माओवादीको अग्रगामी कार्यदिशाका कारणले आफूलाई जनताले विजयी बनाएको बमको कथन छ।[१]