खोटेसल्लो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
खोटेसल्लो
भारतको उत्तराखण्डमा हुर्किएको खोटेसल्लो
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
भाग: Pinophyta
वर्ग: Pinopsida
गण: Pinales
कुल: Pinaceae
वंश: Pinus
Subgenus: Pinus subg. Pinus
प्रजाति: P. roxburghii
द्विपद नाम
Pinus roxburghii
Sarg.

खोटे सल्लो Pinus roxburghii हिमाली क्षेत्रमा प्राकितिक फैलावट भएको एक प्रकारको कोणधारी बृक्ष हो । विश्वमा पाईने धेरै प्रजातिहरूको सल्लाहरू मध्थे यो प्रजातिको बैज्ञानिक नाम, श्री William Roxburgh को नामको आधारमा राखिएको हो ।

फैलावट[सम्पादन गर्ने]

यसको फैलावटको क्षेत्र उत्तरी पाकिस्तानको NWFP प्रान्त देखी जम्मू र काश्मिर, पंजाब, हिमाचल प्रदेश, उत्तराखणड, नेपाल, सिक्किम हुँदै भुटान सम्म फैलिएका हिमाली क्षेत्रहरू हुन । यो प्रजातिको सल्लो हिमाली क्षेत्रका अरु सल्लाहरू भन्दा कम ऊचाई भएका भुभागहरूमा फैलिएका छन । इनिहरू फैलिएक क्षेत्रहरूको ऊचाई ५००–२,००० मिटर (१,६००–६,६०० फिट) र बिरलै मात्र २,३०० मिटर (७,५०० फिट) रहेको छन् । अन्य हिमाली क्षेत्रका सल्लाहरू Pinus wallichiana (निलो सल्लो), Pinus bhutanica (भुटानी सेतो सल्लो), Pinus armandii (चिनिया सेतो सल्लो ),Pinus gerardiana (चिलगोजा सल्लो)र Pinus densata (सिकाङ सल्लो ) हुन ।

विवरण[सम्पादन गर्ने]

खोटे सल्लो एक ठूलो आकारको बृक्ष हो , यसको उचाई ३०–५० मिटर (९८–१६० फिट) हुन्छ र बृक्षको फेदको व्यास २ मिटर हुने गर्छ र अपवादको रुपमा ३ मिटर को समेत भेटिएको छ । यो बृक्षको बोक्रा रातो-कलेजी रँगका , मोटा र बृक्षको फेदमा गहिरिएर फाटिएका हुन्छन भने बृक्षको मुकुट (माथिल्लो भाग) मा पत्रिएका हुन्छन । पातहरू सियो जस्ता हुन्छन, तीनवटा पातको झुत्तोमा जोडिएका, मसिना लामा प्रकारका, २०-३५ से.मि.(७.९–१४ ईन्च) लम्बाईका र एक बिषेश प्रकारका पहेलिएका हरिया हुन्छन ।

कोणहरू अण्डाकार हुन्छन , र बन्द भएका अवस्थामा १२-२४ से.मि. (४.७-९.४ ईन्च) लम्बाई र ५-८ से.मि. चौडाई का हुन्छन । कोणहरूको रँग शुरुमा हरियो हुन्छ र २४ महिनामा छिप्पिएर "पाके" पछि कलेजी रँगमा बदलिन्छ । त्यसपछिको एक बर्षमा यी कोणहरू बिस्तारै फुक्दै जान्छन वा जँगलमा लागेको आगोको कारणले एक्कासी फुक्छन र बिजहरू छरिन्छन । बिजहरू ८-९ मि.मि लम्बाई का हुन्छन र ४० मि. मि को पखेटामा टाँसिएका हुन्छन। हावा मार्फत यत्रतत्र फैलिन्छन । खोटे सल्लो यी प्रजातिका सल्लाहरू सँग नजिकको सम्बन्ध छ, जस्तै Pinus canariensis (केनरी टापू सल्लो), Pinus brutia (तुर्की सल्लो ), Pinus pinaster (सामुन्द्रिक सल्लो )। यी सबै प्रजातिका सल्लाहरूमा धेरै मिल्दाजुल्दा गुणहरू छन । खोटे सल्लो आफ्नो फैलावटका क्षेत्रहरूमा तुलनात्मक रुपमा कम विविधता भएको प्रजाति हो, प्रायजसो सबै तिर एकै किसिमका बनावट र गुणहरू छन ।

केहि चित्रहरू

बृक्ष स्तम्भ
भाले कोण
पोथी कोण


पारिस्थितिक[सम्पादन गर्ने]

खोटेसल्लो वन , उत्तराखण्ड, भारत

खोटे सल्लाको बनको जमिनमा झरेका पातहरूको मोटो बिछ्यान लागेको हुन्छ जुन धेरै जसो सार्वजनिक प्रकारका बनस्पति वा बृक्षहरूलाई हुर्किनकोलागि उपयुक्त हुँदैन । यो वातावरणमा हुर्कन सक्ने बनस्पतिहरूमा लालिगुराँस फूल , Banj Oak , र Ericaceae कुलका बृक्षहरू हुन । सायद यी पातहरूको बाक्लो बिछ्यानमा लाग्ने आगलागिबाट हुने हानीलाई झेल्न सक्ने भएकाले यी बनस्पति यो वातावरणमा हुर्कन र बाँच्न सक्ने भएका होलान । सल्लाको रूख तल सजिलै हुर्कन र बाँच्न सक्ने अर्को एक किसिमको बनस्पति चाहिँ हिमाली काँटा हो ।

Batrachedra silvatica जातिका पतंगहरूका बच्चा किरा खोटे सल्लामा रूखमा बाहेक अन्य ठाउँमा भेटिएको कुरा थाहा पाइएको छैन । सेतो पेट भएको ठूलो बकुल्लाले खोटे सल्लाको बनमा गुण लगाउने कुरा थाहा भएको छ ।

प्रयोग[सम्पादन गर्ने]

खोटे सल्लो प्राकृतिक फैलावटको क्षेत्रमा प्रशस्त खेति गरिने बृक्ष हो । पाकिस्तान, भारत र नेपालको वन विकासको सबभन्दा महत्वपूर्ण बृक्षहरू मध्येको एक बृक्ष हो । स्थानिय निर्माणको दृष्टिकोणले खोटे सल्लोको काठ सबभन्दा कम मन पराइने काठ हो । अन्य कोणधारी बृक्षको तुलनामा सबभन्दा कमजोर र चाँडै मक्किने भएकोले यो काठ निर्माण कार्यमा मन पराइँदैन । तर केहि कम ऊचाईका क्षेत्रहरू मा अन्य कोणधारी बृक्षका विकल्पहरू उपलब्ध छैनन , अर्को तर्फ भने यी ऊचाईका क्षेत्रहरू उष्णदेशीय क्षेत्र भएकाले अझ कम ऊचाईका क्षेत्रमा भने अन्य प्रकारका काठहरू उपलब्ध हुन सक्छन ।

जब खोटे सल्लोको रूखको मोटाई धेरै ठूलो हुन्छ, बोक्राहरूलाई करिब २० वर्ग से. मि. आकार र ५ से.मि. मोटा टुक्रामा भाँच्न सकिन्छ । यो पत्रे काठ जस्तो तह तह परेको अवस्थामा हुन्छ र हरेक पत्रमा आँख्लाहरू हुँदैनन । स्थानिय मानिसहरूले यी सजिलै छुट्याउन सकिने बाक्राहरू भाँडा कुँडाका बिर्को बनाउन प्रयोग गर्छन । फलामेहरूले अँगेनामा यी बोक्राहरू ईन्धनको रुपमा प्रयोग गर्छन ।

जब बुढा रूखहरू आगलागीमा परेर वा खडेरीमा परेर मर्छन, ती रूखहरूको काठको चूर (भित्री भागको काठ) खोटो को ठोस क्रिस्टल बन्ने प्रकृयाको कारणले एक अर्ध पारदर्शी ( विभिन्न रँगमा, पहेँलो देखि गाडा रातो ) , सुगन्धित र सजिलै भाँचिने प्रकारको काठ बन्छ जुन काँच जस्तो देखिन्छ । यो सजिलै सँग सल्किने भएकोले स्थानियहरूले यसलाई आगो सल्काउनमा प्रयोग गर्छन । यो न पानीमा भिज्छ न ढाडिन्छ । यसलाई बत्तिको रुपमा पनि प्रयोग गरिन्छ, एउटा सानो टुक्रा पनि यसभित्र हुने खोटोको कारणले धेरै बेर सम्म बलि रहन्छ । कोणधारी बृक्षहरू मध्ये यो मात्र एउटा प्रजाति हो जु यस कार्यकोलागि उपयुक्त जस्तो देखिन्छ ।

शरद ऋतुमा स्थानीय बासिन्दाहरूले झरेर सुकेका पातहरू जम्मा गर्छन र बर्ष भरि गाईबस्तुहरूको सोत्तर (ओछ्यान) को रुपमा प्रयोग गर्छन । हरिया पातहरू ससाना कुचा बनाउनमा पनि प्रयोग गरिन्छ ।

यो प्रजातिको बृक्ष गर्मी र खडेरी पनि सहन सक्ने भएकाले यसलाई कतिपय सुख्खा र गर्मी ईलाकामा बागबाणी को बृक्षको रुपमा पनि लगाइने गर्छ ।

रसायन शास्त्र[सम्पादन गर्ने]

खोटे सल्लो भित्र ठूलो मात्रामा taxifolin.[२] पाईन्छ ।

खोटो[सम्पादन गर्ने]

औध्योगिक रुपमा खोटेसल्लाको खोटो जम्मा गरिन्छ । खोटो को आसवन पछि शीघ्रवाष्पशील सगंध तेल निस्कन्छ जसलाई टरपेन्टाइन भनिन्छ र यसको साधै शीघ्रवाष्प नहुने रोजिन उत्पादन हुन्छ । खोटे सल्लाको खोटोमा रोजिनटरपेन्टाइन को मात्र करिब क्रमश ७५% र २२% (३%क्षय) हुन्छ ।

टरपेन्टाइन बिषेश गरि औषधि उत्पादन, अत्तर उद्योग, सल्लाको सिन्थेटिक तेल, किटनाशक औषधि, पदार्थहरूको प्रकृति परिवर्तन सामाग्री आदि कार्यमा घोलकको रुपमा प्रयोग गरिन्छ । टरपेन्टाइन तारपिन रसायनिक पदार्थहरूको सिंथेसिस उत्पादनमा प्रयोग हुने एउटा सबभन्दा महत्वपूर्ण आधारभुत कच्चा पदार्थ हो । तारपिन धेरै औद्योगिक प्रकृयाहरूमा प्रयोग गरिन्छन जस्तै टाँस्ने पदार्थ, कागज, रबर आदिको उत्पादन।

खोटे सल्लाको रोजिन कागज, साबुन, श्रृंगार का सामाग्री, रंग-रोगन, रबर, पोलिस आदिको उत्पादनमा प्रयोग गरिन्छ । यस बाहेक अन्य पदार्थको उत्पादनको प्रकृयामा पनि रोजिनको प्रयोग गरिन्छ । यी मध्ये केहि पदार्थ तथा प्रकृयाहरू हुन - लिनोलियम, बिस्फोटक पदार्थहरू, किटनासक, विजघ्न पदार्थ, शराब उत्पादन, खानीज उत्पादन, इलेक्ट्रोनिक्सको सोल्डर गर्दा प्रयोग गरिने सहयोगी लेदो आदि ।

नेपालको अत्तरिया मा एउटा पुरानो र ठूलो रोजिन एण्ट टर्पेन्टाइन उत्पादन कारखान थियो । यसकोलागि आवश्यक खोटो सेति अंचलका पाहाडि जिल्लाहरूमा जम्मा गरिन्थ्यो। केहि समय अघि आर्थिक संकटमा परि उक्त कारखाना बन्द भएको जानकारी आएको छ ।


वाह्य सामग्रीहरू[सम्पादन गर्ने]



सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. Conifer Specialist Group (1996), "Pinus roxburghii", IUCN Red List of Threatened Species. Version 2012.2, International Union for Conservation of Nature 
  2. Stefan Willför, Mumtaz Ali, Maarit Karonen, Markku Reunanen, Mohammad Arfan & Reija Harlamow (2009), "Extractives in bark of different conifer species growing in Pakistan", Holzforschung 63(5): 551–558, doi 10.1515/HF.2009.095