ख्वप इन्जिनियरिङ् कलेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ख्वप इन्जिनियरिङ् कलेज, स्थानीय निकायबाट सञ्चालित, नेपालकै पहिलो सामुदायिक इन्जिनियरिङ् कलेज हो। सर्वसाधारण जनताले समेत तिर्न सक्ने शुल्कमा गुणस्तरीय उच्च प्राविधिक शिक्षा दिने यस कलेको लक्ष्य छ। नगरभित्र आफ्नै २५ रोपनी जग्गासहित सुविधा सम्पन्न ठूला तीनवटा कलेज भवन, केल मैदान, आधुनिक उपकरणसहित २५ वटा प्रयोगशाला, सुविधा सम्पन्न दुईवटा ठूला परीक्षा हल, सेमिनार हल, चारवटा नयाँ कलेज बसहरू, ५१ पूर्णकालीन प्राध्यापक, ५५ आंशिक प्राध्यापक एवम् प्रभावकारी शैक्षिक वातावरणमा पढाइ हुने गरेको छ। साथै सेमेष्टर परीक्षामा औसत ८० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस कलेजमा शैक्षिक सत्र २०६३/६४मा इन्जिनियरिङ्मा स्नातकका अलावा निम्नअनुसार स्नातकोत्तर तहको पनि कक्षा सञ्चालन हुँदैछ।