गंगा पराजुली
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
संविधानसभामा पुनः विवाह गर्ने महिला सभासद्हहरूमध्ये एक हुनुहुन्छ गंगा पराजुली 'हिमाली'। उहाँसँगै संविधानसभा पुनः विवाह गर्ने सभासद्हरूमा उमा भुजेल, सरला रेग्मी पनि हुनुहुन्छ।
वाम राजनैतिक परिवारमा हुर्कनुभएकी गंगा पाँच कक्षा पढ्ने बेला ०४६ देखि राजनीतिमा लाग्नुभएको थियो। ०५२ देखि भूमिगत राजनीति थाल्नुभएकी गंगा अनेमसंघ क्रान्तिकारी काभ्रे अध्यक्ष भइसक्नुभएको छ भने हाल उहाँ क्रान्तिकारीकै केन्द्रीय कोषाध्यक्ष र माओवादी राज्य समिति सदस्य हुनुहुन्छ। माओवादी ललितपुर इन्चार्जसमेत रहीसक्नुभएकी गङ्गाकी श्रीमान् नारायण अधिकारी ०५५ भदौ ५मा मारिनुभएको थियो। २२ वर्षमै श्रीमान् गुमाउनुभएकी गङ्गाले ०६१मा हरि दाहालसँग पुनः विहे गर्नुभएको थियो। दाहालकी पहिलो श्रीमती अम्बिका दाहाल सरकार माओवादी वार्ता भंग गराउने दोरम्बा घटनामा मारिनुभएको थियो। हरि दाहाल माओवादी ललितपुर सचिव हुनुहुन्छ।
औपचारिक अध्ययन एसएलसीसम्म मात्र गर्नुभएकी ३२ वर्षीय गङ्गाले दुई वर्ष शिक्षण पेशा गर्नुभएको थियो।
गरिखाने वर्गको हित हुने, जातीय, क्षेत्रीय र लिङ्गीय विभेद हटाउने कानून बनाउन पहल गर्ने बताउनुहुन्छ।[१]