गंगोत्री
गंगाजी को उद्गमस्थल गोमुख |
|
| बसोबास शुरु: | अज्ञात |
|---|---|
| शहरको स्तर: | भारतको उत्तराखण्ड राज्यको तीर्थस्थल |
| भाषा: | हिन्दी |
| क्षेत्रफल: | - वर्ग की० मी० |
| जनसंख्या: | 606 2001 |
| जनघनत्व: | - /km2 |
| मुद्रा: | रु |
| समय क्षेत्र: | Indian Standard Time +5.30 |
| ईन्टरनेट TLD: | .in |
| अन्तर्राष्ट्रिय टेलिफोन कोड: | +91 |
भारतको उत्तराखंड प्रदेश अन्तरगत उत्तरकाशी जिलामा अवस्थित एक तीर्थस्थल जहाँ राजा भगीरथले तपस्या गरेर गङ्गाजीलाई धर्तीमा ल्याएका थिए । यो हिन्दूहरूको चार धाम मध्येको एक हो । राजा भगीरथले ल्याएको हुनाले गंगाजीलाई भागीरथी पनि भनिन्छ । गंगोत्री गंगा नदी को उद्गम स्थान हो । गंगाजी को मन्दिर, समुद्र सतहबाट 3042 मीटर को उचाईमा स्थित छ ।
भागीरथीको दाहिने तर्फको परिवेश अत्यन्त आकर्षक एवं मनोहारी छ । यो स्थान उत्तरकाशीबाट 100 कि.मी. को दूरीमा स्थित छ । गंगोत्री मन्दिरको निर्माण गोर्खा कमाण्डर अमरसिँह थापाले 18औ शताब्दीको प्रारम्भमा गराएका थिए । जो नेपालको परम्परागत शैली, पगोडा शैलीमा थियो । वर्तमान मन्दिरको पुनर्निर्माण जयपुरको राजघरान द्वारा गरिएको हो । प्रत्येक वर्ष वैशाख(अक्षय तृतीया) देखि कार्तिक(दीपावली) का महीनाका बीच पतित पावनी गंगा माताको दर्शन गर्नका लागि लाखौँ श्रद्धालु तीर्थयात्री यहाँ आउँछन् । हालको गंगोत्री मन्दिरबाट १८ किमी को दुरीमा गंगाजी को उद्गमस्थल गोमुख पर्दछ जहाँ जानको लागि पैदल यात्रा तय गर्नुपर्ने हुन्छ । मानिन्छ हालको मन्दिर नै राजा भगीरथको तपस्थली हो र गंगाजी को उद्गमस्थल पनि त्यही को किन्तु कालान्तरमा हिउँ पग्लिदै गएका कारण हाल १८ किमि टाढा पुगेको हो ।