गजो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गजो ढ्याङ्ग्रो बजाउने लौरो हो । यो कुकुर डाइनोको काठद्वारा बनाइएको हुन्छ । यो बक्राकार हुन्छ । यसलाई धामी-झाँक्रिले मात्र बजाउँछन् । बेला, सारङ्गी आदि तारका बाजाहरू रेटेर बजाइने धनु जस्तो आकारको साधनलाई गजो भनिन्छ । त्यस्तै ट्याम्को, दमाहा, नगरा जस्ता छालाले मोरेका बाजा बजाइने छोटो-छोटो डन्डी पनि गजो भनिन्छ । हनुमान नाच्ने नचुवाहरूले परस्परमा जुधाउन लिने लौरोलाई गजो भन्ने चलन छ । कहींकहीं गज मात्र भनिएको पनि पाइन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=गजो&oldid=695118" बाट अनुप्रेषित