गमबहादुर श्रीसमगर
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सभासद् गमबहादुर श्रीस मगर अन्तरिम व्यवस्थापिकामा विधायक पनि हुनुहुन्थ्यो। ०५१ देखि राजनैतिक जीवन थाल्नुभएका श्रीस जनवादी गीतको अभियान सिज(सिस्ने र जलजला) अभियानबाट राजनीति पनि थाल्नुभएको थियो। उहाँ विश्वास सांस्कृतिक परिवारको ०५६मा सचिव हुनुभयो। जनमुक्ति सेनामा स्क्वाट कमा48डर हुनुभयो। ०५५ चैत १७ गते भएको म्याग्दीको ग्वालीचौरको भिडन्तमा घाइते हुनुभयो। ०५६मा उहाँ माओवादी म्याग्दी सदस्य हुनुभयो। ०६० सचिव हुनुभयो। हाल उहाँ राज्यसमिति सदस्य हुनुहुन्छ। भारतीय लाहुरेका एक्ला छोरा श्रीसकी श्रीमती विष्णुमती पुन माओवादी जिल्ला समिति सदस्य हुनुहुन्छ।
जातीय स्वशासन र आत्मनिर्णयको अधिकार कुरा सविधानमै लेखाउने उहाँको मूल एजेण्डा रहेको छ। [१]