गरम मसला
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
जिरा, मरीच, ल्वाङ, धनियाँ, जाइफल, टिम्बुर, पिपला आदि धेरै थरीका मसलाहरू मिलाएर बनाईएको मसला
- बनाउने तरिका
गरम मसला बनाउँदा असली दालचिनी र सुकेको खुर्सानीलाई कराइमा केहीबेर भुटेर त्यसमा धनियाँका गेडा, जिरा, मरीच, अलैँची, ल्वाङ, सुप र थोरै रायोको गेडा राखी विस्तारै चलाउँदै तताइन्छ। मसलाको बास हरक्क उठेपछित्यस मिश्रणलाई केही बेर सेलाउन दिई पछि खल र सिलौटामा पिँधेर धूलो बनाइन्छ। गरम मसलाको त्यो धूलो दुई-तीन महिना राख्न सकिन्छ। गरम मसलाको मात्रा भान्सा र पकवान अनुसार फेरिन्छ।