गारफिल्ड सोबर्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
The Right Excellent
Sir Garfield Sobers
ग्यारी सोबर्स सन् २०१२ मा
व्यक्तिगत जानकारी
नामगारफिल्ड सेन्ट औब्रुन सोबर्स
जन्म (1936-07-28) २८ जुलाई १९३६ (उमेर ८७)
ब्रिजटाउन, बार्बाडोस
उपनामगेरी (वा ग्यारी)
उचाई५ फिट ११ इन्च (१.८० मी)
ब्याटिङबायाँ-हाते ब्याट्सम्यान
बलिङबायाँ-हाते मध्यम तेज गति र स्पीन
भूमिकाअल-राउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ८४)३० मार्च १९५४ v इङ्ल्यान्ड
अन्तिम टेस्ट५ अप्रिल १९७४ v इङ्ल्यान्ड
Only ODI (cap ११)५ सेप्टेम्बर १९७३ v इङ्ल्यान्ड
घरेलु टोली जानकारी
वर्षटिम
१९५२-१९७४बारबडोस राष्ट्रिय क्रिकेट टिम
१९६१-१९६४दक्षिण अस्ट्रेलिया क्रिकेट टिम
१९६८-१९७४नौटिङ्घमसायर काउन्टी क्रिकेट क्लब
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ प्रथम श्रेणी ए क्रिकेट सूची
म्याच ९३ ३८३ ९५
कुल रन ८०३२ २८३१४ २७२१
ब्याटिङ औसत ५७.७८ ०.०० ५४.८७ ३८.३२
१००/५० २६/३० ०/० ८६/१२१ १/१८
सर्वोच्च स्कोर ३६५* ३६५* ११६*
कुल बल २१५९९ ६३ ७०७८९ ४३८७
विकेट २३५ १०४३ १०९
बलिङ औसत ३४.०३ ३१.०० २७.७४ २१.९५
एक इनिङमा ५ विकेट ३६
एक म्याचमा १० विकेट उ/छै उ/छै
उत्कृष्ट बलिङ ६/७३ १/३१ ९/४९ ५/४३
क्याच/स्टम्प १०९/– १/– ४०७/– ४१/–
स्रोत: क्रिकइन्फो, १३ सेप्टेम्बर २००७

गारफिल्ड सेन्ट औब्रुन सोबर्स (जन्म २८ जुलाई १९३६), गेरी वा ग्यारी सोबर्स को नामले बढी प्रचलित छन्, उनी वेस्ट इन्डिजका भूतपूर्व क्रिकेट खेलाडी हुन् जसले वेस्ट इन्डिजका लागि सन् १९५४ देखि सन् १९७४ सम्म क्रिकेट खेलेका थिए । साथै उनलाई अहिले सम्मको क्रिकेट इतिहासमा बृहत रूपमा क्रिकेटको सबैभन्दा राम्रो अलराउन्डर मानिन्छ ।[१] उनी ब्रिजटाउन, बार्बाडोसमा जन्मेका हुन्, उनले आफ्नो प्रथम श्रेणी क्रिकेटको सुरुवात बार्बाडोस राष्ट्रिय क्रिकेट टिममा १६ वर्षको उमेरमा सन् १९५३ मा गरेका थिए साथै उनले त्यहिँ वर्ष वेस्ट इन्डिजबाट आफ्नो टेस्ट जीवनको पदार्पण समेत गरेका थिए । उनी क्रिकेटमा बलरको भूमिकाका कारण थिए तर उनी चांडै नै ब्याटिङमा समेत अभ्यस्त भए र आफ्नो प्रदर्शनमा सुधार ल्याउँदै गए । सन् १९५८ मा सोबर्सले पाकिस्तानको विरुद्ध आफ्नो टेस्ट जीवनको पहिलो शतक लगाए र त्यस इनिङलाई ३६५* सम्म लगे जसले उनलाई टेस्ट क्रिकेटको एक इनिङमा सबैभन्दा बढी रन बनाउने किर्तिमान बन्यो जो सन् १९९४ सम्म कायम रह्यो । सन् १९९४ मा उनकै राष्ट्रका ब्रायन लाराले ३७५ रन बनाएर ध्वस्त गरे ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]