गिरिजा प्रसाद कोइराला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गिरिजा प्रसाद कोइराला
Girija P koirala.jpg
गिरिजा प्रसाद कोइराला

जन्म : १९८१ असार १८
सहरसा जिल्ला, बिहार, भारत
नागरिकता : नेपाली
जातियता : ब्राह्मण
राजनीतिक दल : नेपाली काँग्रेस
जीवनसाथी : सुष्मा कोइराला
सन्तान : सुजाता कोइराला
पेशा : राजनीतिज्ञ
धर्म : हिन्दु

गिरिजा प्रसाद कोइराला नेपाली कांग्रेसको सभापति थिए। उनी चार पटक नेपालको प्रधानमन्त्री भए - १९९१ देखि १९९४, १९९८ देखि १९९९, २००० देखि २००१, र २००६ देखि २००८ सम्म। उहाँ सन् १९५९ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनु भएको थियो। त्यति बेला उहाँका दाजु विश्वेश्वर प्रसाद कोइराला र उहाँको राजनैतीक पार्टी नेपाली कङ्ग्रेसले नेपालको प्रथम लोकतान्त्रिक निर्वाचन अत्याधिक बहुमत ल्याएको थियो। उहाँ नेपाली कङ्ग्रेसका सभापति र सात राजनैतीक दलहरूको मोर्चाको नेता हुनुहुन्छ। उहाँ ६० वर्षभन्दा धेरै समय देखि राजनीतिमा संलग्न हुनुहुन्छ। उहाँले आफ्नो राजनैतीक जीवनको सुरूवात, आफ्नो गृहनगर बिराटनगरको जुटमिलका श्रमिक नेताको रूपामा सुरू गर्नु भएको थियो। उहाँको बि.स. २०६६ साल चैत ७ गते मध्यान्ह १२ बजेर १० मिने जाँदा निधन भयो।

परिवार र प्रारम्भिक जीवन[सम्पादन गर्ने]

गिरिजा प्रसाद कोइराला भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा सन् १९८१ असार १८मा जन्मेका हुन्।[१] त्यसबेला यिनका बुबा-आमा निर्वासित जीवन विताइरहेका थिए। गिरिजा प्रसाद कृष्ण प्रसाद कोइराला तथा दिव्या कोइरालाका कान्छा छोरा हुन्। उनका दुई दाजूहरू वि.पी. कोइराला तथा मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भएका थिए। सन् १९२९मा परिवारसँगै नेपाल फर्केका गिरिजाले सुषमा कोइरालासित विवाह गरे। सुजाता कोइराला गिरिजा प्रसादकी छोरी हुन्। उनले भारतको दिल्ली विश्वविद्यालय अन्तरगतको किरोरी मल कलेज(Kirori Mal College)मा अध्ययन गरेका थिए। एउटा निर्भिक र दृढनिश्वयी राजनेताको रूपमा उहाँको योगदान नेपाली ईतिहाँसमा जीवन्त रहनेछ। कसै कसैले उनलाई सिद्दान्तहिन र पदलोलूप नेता पनि भनेका छन।[citation needed]

राजनैतीक जीवन यात्रा[सम्पादन गर्ने]

नेपाल
125px

यो लेख यस शृङ्खलाको अंश हो:
नेपालको राजनीति र सरकार


२००४ सालमा कोइरालाले नेपाल मजदूर कांग्रेसको स्थापना गरे , जुन पछि नेपाल ट्रेड यूनियन कांग्रेसको रूपमा चिनिन थाल्यो। २००८ सालमा गिरिजा प्रसाद कोइराला नेपाली काङ्ग्रेस मोरङ जिल्लाको सभापति बने र २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासन लगाई उनलाई गिरफ्तार गरी केद नगरुन्जेल सम्म सो कार्यभार सम्हालिरहे। १९६७मा उनको रिहाई पछि गिरिजा प्रसाद कोइराला पार्टीका कार्यकर्ताहरू र नेताहरू सँग भारत तिर निर्वासित भए र २०३५ सालमा नेपाल फर्किए। गिरिजा प्रसाद कोइराला २०३१ साल देखि २०४७ साल सम्म नेपाली काङ्ग्रेस पार्टीको महासचिव भए[२]। गिरिजा प्रसाद कोइरालाको २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागि भएका थिए, जुन आन्दोलनले पञ्चायती व्यवस्थालाई हटाएर देशमा बहुदलिय व्यवस्थाको स्थापना गरायो। उन लाई एक निर्भिक् र निदर नेताको रूपमा लिने गरिन्छ।

प्रथम कार्यकाल[सम्पादन गर्ने]

२०४६ सालको जनआन्दोलन पशचात नेपालको पहिलो बहुदलीय लोकतान्त्रिक निर्वाचनमा उहाँ मोरङ क्षेत्र नं. १ र सुनसरी क्षेत्र नं. ५बाट प्रतिनिधि सभाको सदस्य निर्वाचित हुनुभयो। यस निर्वाछनमा नेपाली काङ्ग्रेस पार्टी प्रतिनिधि सभा (संसदको तल्लो सदन)मा २०५ सिट मध्ये ११० सिटको बहुमत प्राप्त गरी बिजयी भएको थियो। यो बिजय पछि उनी नेपाली काङ्ग्रेस पार्टी संसदिय दलका नेता तथा स्व. राजा बिरेन्द्रद्वारा प्रधानमन्त्री नियुक्त भए।

उनको पहिलो कार्यकालको समयमा संसदमा शिक्षा, सञ्चार र स्वास्थ्यमा उदार कानून बन्यो। सरकारले पूर्वाञ्चल विकास क्षेत्रमा पूर्वाञ्चल विश्वविद्यालय र स्वास्थ्य विज्ञानको वी. पी. कोइराला विज्ञान तथा स्वास्थ प्रतिष्ठान(BPKIHS)को स्थापना गर्‍यो र स्थापित निजी क्षेत्रहरूलाई देशका विभिन्न भागहरूमा चिकित्सा र ईन्जिनियरिङ् कलेजहरू सञ्चालनको लागि अनुमति दियो। साथै सरकारले भरतपुरमा चीन सरकारको सहायतामा वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्माण गर्‍यो।

२०५० सालमा उनैका पार्टिका ३६ जना संसदहरूले सरकारका प्रसताबित कार्य बिरुद्ध मतदान गरी उनलाई व्यवस्थापिका संसद भंग गर्न तथा पून संसदिय निर्वाचन आयोजना गर्न लगाईयो। उक्त निर्वाचन पछि नेपाल कम्युनिस्ट पार्टी (ए.मा.ले.)को नेतृत्वमा सरकार गठन भयो।

दोस्रो कार्यकाल[सम्पादन गर्ने]

सूर्य बहादुर थापा गठबन्धन सरकारको बिगठन पश्चात्त कोइरालाले थापाबाट प्रधान मन्त्री पद हत्याउनूभयो। कोइरालाले पहिलो पटक नेपाली कांग्रसले प्रतिनिधित्व गरेको सरकार प्रमुखको रूपमा २०५५ पौष १० गतेसम्म र त्यसपछि नेकपा एमाले र नेपाल सदभावना पार्टि संगको गठबन्धन सरकारको नेतृत्व गर्नुभयो।

तेस्रो कार्यकाल[सम्पादन गर्ने]

२०५७ सालमा आफ्नै पार्टीका असंतुष्ट पक्षको अविस्वासको प्रस्ताबका कारण प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको राजिनामा पशचात गिरिजा प्रसाद कोइराला तेस्रो पटक प्रधानमन्त्री भए।[३] त्यस समय नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राज्य शक्ति बिरुद्ध गुरिल्ला युद्ध लडी रहेको थियो। उनको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकालको समयमा उनको सरकार भ्रष्टाचारका आरोपहरू द्वारा ग्रस्त थियो। नेपालको दरबार हत्याकाण्ड पछि, कोइराला संकटकाल संभाल्ने अक्षमताको लागि आलोचित हुनु परेको थियो। गिरिजा प्रसाद कोइरालाले २०५८ आषाढमा राजिनामा दिए, जबबाट उनले पहिलो पटक माओवादी बिद्रोह बिरुद्ध नेपाली सेना परिचालन गर्ने असफल प्रयास गरेका थिए। यसपटक उनी पछि उनकै समकक्षी भू.पू. प्रधानमन्त्री शेर बहादुर देउबा नेपालका प्रधानमन्त्री भए।

चौथो कार्यकाल[सम्पादन गर्ने]

२०६३ बैशाख ११को लोकतान्त्रिक आन्दोलन पछि प्रतिनिधि सभाको पुनर्बहाली पछि सात दलका नेताहरूको द्वारा गिरिजा प्रसाद कोइराला पुन नेपालका प्रधानमन्त्री बनाईए। २०६३ आषाढ १९ गते उनी छातीको दुखाइबाट ग्रस्त भए र गंभीर हालतमा अस्पतालमा भर्ना गरीयो। यसको केवल एक हप्ता अगाडी उनी बैंककमा चिकित्सा परीक्षण तथा उपाचार गराएर फर्किएका थिए। उनीलाई अस्पतालमा भर्ती गराइएको एक दिन पछि उनले संसदमा "नीति र कार्यक्रम ' सम्बन्धि भाषण दिनु थियो।

उनको चौथो कार्यकालमा, गिरिजा प्रसाद कोइरालाले राजालाई उनको शक्तिहरूबाट हटाउँने तथा नयाँ सैन्य कार्य द्वारा सैनिकलाई संसदको नियन्त्रणमा ल्याउने विधान तयार गरे, दुवै उपायहरू संसदले पारित गर्‍यो। २०६३ कार्तिक २१ गते गिरिजा प्रसाद कोइराला तथा सात दलका नेताहरूले नेपाल कम्युनिष्ट पार्टी (माओवादी)) सँग मिलेर जनविद्रोहको अन्त्य र संविधान सभाको निर्वाचन गराउँने सम्झौतामा हस्ताक्षर गरे। २०६३ मंसिर ५ गते कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी)) सँग बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरी ऐतिहासिक रूपमा "हिंसा र आतंकको राजनीति समाप्त भएको छ" घोषणा गरे। यसको वाहेक २०६३ मंसिर १२ गते देखि गिरिजा प्रसाद कोइरालाको नेतृत्वको सरकार संयुक्त राष्ट्र संघको प्रत्यक्ष निगरानिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी))को जनसेना समायोजन तथा हतियार नियन्त्रणको सम्झौतामा ब्यस्त भयो।

विवाद[सम्पादन गर्ने]

कोइरालाको नेपाली जनताके बीच थुप्रै विरोधिहरू छन. उनको सरकारलाई बिभिन्न अबसरहरू भ्रष्टाचार का आरोप लगाईयो . आफ्नो तेस्रो कार्यकालको अबधिमा, उनी लाउडा काण्ड भनिने भ्रष्टाचार काण्डमा लगातार तानिरहे, जसमा उनलाई धेरै मूल्यको बोइंग जेट विमान भाडाबाट धेरै धनराशि उठाएको आरोप लगाईएको छ. जबकि, यसमा कसैलाई पनि दोषि प्रमाणित गरीएको छैन.

मृत्यु[सम्पादन गर्ने]

सुजाता कोइराला गिरीजा प्रसाद कोइरालालाई दागबत्ति दिंदै

गिरिजा प्रसाद कोइरालाको निधन मिति २०६६ चैत्र ७ गते शनिबार ८५ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको घरमा भएको थियो। डाक्टरहरूका अनुसार उनको निधन १२ बजेर १० मिनेटमा भएको थियो।[४] उनको दाहासंस्कार चैत्र ८ गते पशुपतिनाथको मन्दिर नजीक आर्यघाटमा हिन्दू परम्परा अनुसार गरियो।

पूर्वाधिकारी
ज्ञानेन्‍द्र वीर विक्रम शाहदेव
नेपालको राष्ट्रप्रमुख
ई.सं.२००७–जुलाई २३, २००८
उत्तराधिकारी 
डा. रामवरण यादव
पूर्वाधिकारी
कृष्णप्रसाद भट्टराई
नेपालको प्रधानमन्त्री
मे २६, १९९१–नोवेम्बर ३०, १९९४
उत्तराधिकारी 
मनमोहन अधिकारी
पूर्वाधिकारी
सूर्य बहादुर थापा
नेपालको प्रधानमन्त्री
अप्रिल १५, १९९८–मे ३१, १९९९
उत्तराधिकारी 
कृष्ण प्रसाद भट्टराई
पूर्वाधिकारी
कृष्ण प्रसाद भट्टराई
नेपालको प्रधानमन्त्री
मार्च २२, २०००–जुलाई २६, २००१
उत्तराधिकारी 
शेरबहादुर देउबा
पूर्वाधिकारी
ज्ञानेन्‍द्र वीर विक्रम शाहदेव
नेपालको प्रधानमन्त्री
अप्रिल ३०, २००६–अगस्ट् १५, २००८
उत्तराधिकारी 
पुष्पकमल दाहाल (प्रचण्ड)
पूर्वाधिकारी
कृष्णप्रसाद भट्टराई
नेपाली कांग्रेसका सभापति
??–हाल सम्म
उत्तराधिकारी 
-
पूर्वाधिकारी
??
नेपाली कांग्रेसका महामन्त्री
??–??
उत्तराधिकारी 
सुशिल कोइराला

सन्दर्भ सूची[सम्पादन गर्ने]