गुणाखर वस्याल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

माओवादीको तर्फबाट पर्वतबाट सभासद् चुनिनुभएका गुणाखर बस्याल 'सरोज' माओवादी राज्य समिति सदस्य पनि हुनुहुन्छ। बस्याल ०४० देखि चौथो महाधिवेसनको विद्यार्थी राजनीतिबाट वाम राजनीतिमा साइत गर्नुभएको थियो। उहाँ ०४७मा जिल्ला समितिको सदस्य तथा ०५४मा माओवादी पर्वतको सचिव र इन्चार्ज पनि हुनुभयो। यसैगरी उहाँ जनयुद्धको समयमामै पर्वत, रूपन्देही, स्याङ्जा, बाग्लुङ, म्याग्दीमा काम गर्नुभयो। बस्याल जनयुद्ध थालनीमा लडाकु दलको कमाण्डर हुनुहुन्थ्यो।

गरीब किसान परिवारमा जन्मनुभएका बस्यालका सबै परिवार नै माओवादी पूर्णकालीन कार्यकर्ता हुनुहुन्छ। उहाँकी श्रीमती खिमकुमारी पर्वत महिला सघकी सस्थापक अध्यक्ष हुनुहुन्छ।

राज्यको पुनर्संचनामा समग्र राज्यसत्ताका हरेक अंगमा सबै जाति र समुदायको समाबेसी र समानुपातिक प्रतिनिधित्व हुने गरी संविधानमै सुनिश्चित गराउने उहाँको मुख्य एजेण्डा रहेको छ। पर्वतका जनताले आफूलाई जिताउनुको मूल कारण माओवादीको सही कार्यदिशा र माओवादीप्रतिको जनताको भरोसा ठान्नुहुन्छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा