गुन्साकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुन्साकोट
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,१९०
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

गुन्साकोट नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। गुन्साकोट गाविस जिल्ला सदरमुकामबाट उत्तरपश्चिम भेगमा अवस्थित छ। कुल क्षेत्रफल २४.१९ वर्ग किलोमिटर ओगटेको यस गाविस जिल्ला सदरमुकामबाट १० कोष टाढा पर्दछ। गुन्साकोट गाविसको पूर्वमा गोल्चे, पश्चिममा थाम्पालधाप, उत्तरमा थाम्पालकोट र दक्षिणमा भोटेनाम्लाङ गाविस पर्दछ। पाल्चोक थुम अन्तर्गत पर्ने यस गाविसमा तामाङ जातिको बाक्लो बसोबास छ। वर्षको अधिकांश समय ठण्डा रहने यस गाविसका जनताहरू कृषि तथा पशुपालनमा व्यस्त हुन्छन्। आलु, मकै, कोदो, फापर यस गाविसको प्रमुख कृषिबाली हो।गुन्साकोट गाविसमा उर्जा उत्पादनका लागि हाँडीखोला चौथो लघुजलविद्युत परियोजना तथा सौर्य उर्जाका लागि ४ ओटा SHS जडान गरिएको छ। विसं २०५८ सालको जनगणनामा गुन्साकोट गाविसमा ४१७ घरपरिवार मध्ये कुल जनसङ्ख्या १८५८ थियो।[१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "गुन्साकोट", merosindhu.com, अन्तिम पहुँच २०११-०७-३० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]