गुलमोहर
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
गुलमोहर एउटा वृक्षको नाम हो जसमा रातो रंगका फूलहरु फूल्छन।। यसको जन्मभूमि मेडागास्करलाई मानिन्छ। भनिन्छ कि 16औं शताब्दीमा पोर्चुगलीहरुले मेडागास्करमा यसलाई देखेको थिए। 18औं शताब्दीमा फ्रेंच किटीसको गभर्नर काउंटी डी पोएंशीले यसको नाम बदलेर आफ्नै नामसित मिल्ने नाम पोइंशियाना राखि दियो। पछि यो सेंट किटीस र नेवीसको राष्ट्रीय फूलको रुपमा पनि स्वीकृत गरियो। यसलाई रोयल पोइंशियानाको अतिरिक्त फ्लेम ट्रीको नामबाट पनि जानिन्छ। फ्रांसीसीहरुले संभवत: गुलमोहरलाई सबैभन्दा धेरै आकर्षक नाम दिये, उनीहरुको भाषामा यसलाई स्वर्गको फूल भन्छन। साच्चीनै गुलमोहर 'स्वर्गको फूल' हो। भिषण गर्मीमा गुलमोहरको वृक्षमाथि पातहरु त नाममात्रको हुन्छन, तर फूल यति धेरै हुन्छन कि गणनु मुश्किल हुन्छ। यो नेपालको तातो तथा नमी हुने ठाँउमा सबै ठाँउ पाइन्छ।