गुलरिया नगरपालिका
नेपाली विकिपीडियाबाट
बर्दिया जिल्लाको एकमात्र नगरपालिका- गुलरिया हो। यसको पूर्वमा भादा नदी, पश्चिममा तारा ताल र सानोश्री गाविस, उत्तरमा बबई नदी र दक्षिणमा भारतसँग जोडिएको छ। उक्त नगरपालिका १४ वडामा विभाजित छ। तराईको जिल्ला भए पनि उक्त नगरपालिकामा विकास निर्माण कार्य खासै अगाडि बढेको पाइँदैन।
वि.सं. २०५३ माघमा खैरापुर, मथुराहरिद्वार र आदर्श गुलरिया गाविस मिलेर गुलरिया नगरपालिका बनेको हो। यहाँ मधेसी समुदाय यादव, गोडिया, लोद, सेष, थारूको ७० प्रतिशत बाहुल्य छ भने ३० प्रतिशत बाहुन, क्षेत्री, मगर, दलित र जनजाति बस्छन्। नगरपालिकामा करिब ४७ हजार जनसंख्या छ।