गोकर्ण राई

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

गोकर्ण राई

सोलुखुम्बुमा स्थायी बसोबास भएका गोकर्ण राई समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ५० वर्षीय राईले २०३१ सालमा विद्यार्थी आन्दोलन मार्फत राजनैतिक यात्रा शुरु गर्नुभएको हो। यस क्रममा २०४६ सालमा ४ महिना र त्यस अघि तथा पछि उहाँले पटक पटक जेल र हिरासतको यात्रा गर्नुभएको छ। लामो समयसम्म नेपाल विद्यार्थी संघमा सक्रिय राई हाल नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा आदिवासी जनजाति महासंघको महासचिव हुनुहुन्छ। आदिवासी जनजातिको हक सुरक्षित भएपछि मात्र नयाँ नेपालको निर्माण हुनसक्ने उहाँको विश्वास रहेको छ। उहाँ २०५१को संसदीय निर्वाचनमा सोलु क्षेत्र नं.१ बाट नेपाली कांग्रेसका उम्मेदवार हुनुहुन्थ्यो। त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक राई राजनीति बाहेक व्यापार व्यवसायमा संलग्न रहँदै आउनुभएको छ। उद्योग व्यवसायको सञ्चालन उहाँको रुचिको विषय पनि हो। लामो राजनैतिक संघर्ष र वैचारिक निरन्तरताले आफूलाई संविधानसभामा पुर्‍याएको उहाँको आकलन छ। आदिवासी जनजातिको हक अधिकार, पर्यटन प्रवर्धन र उद्योगधन्दाको विकास सम्बन्धी मुद्दाहरूलाई संविधानसभामा जोडदार रूपमा उठाउने उहाँको अठोट छ।

[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा