गोथा कार्यक्रम
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
गोथा कार्यक्रम - जर्मनीको समाजवादी मजदुर पार्टीद्वारा सन् १८७५मा गोथा भन्ने ठाउँमा सम्पन्न भएको महाधिवेशनमा त्यस वेलासम्म अस्तित्वमा रहेका दुई जर्मन समाजवादी पार्टीहरू एकाकार हुँदा पारित गरिएको कार्यक्रम । ती दुई पक्ष थिए - आयजेनाखवादीहरू (अगष्ट बेबेल तथा विल्हेल्म लिब्कनेख्तद्वारा नेतृत्व गरिएका र कार्ल मार्क्स तथा फ्रेडरिख एंगेल्सको वैचारिक प्रभावमा परेका) र लासालवादीहरू । यो कार्यक्रम सर्वसंग्रहवादद्वारा ग्रस्त र अवसरवादी पनि थियो । कारण के त भने महत्त्वपूर्ण प्रश्नहरूमा आयोजेनाख॑वादीहरूले लासालवादीहरूको सूत्रहरू पनि ग्रहण गरेका । कार्ल मार्क्स 'गोथा कार्यक्रमको आलोचना' भन्ने कृतिमा र फ्रेडरिख एंगेल्सले सन् १८७५को १८-२८ मार्चमा अगष्ट बेबेललाई लेखिएको आफ्नो पत्रमा गोथा कार्यक्रमको मस्यौदालाई सन् १८६९को आयजेनाख कार्यक्रम तुलनामा एउटा ज्यादै नै ठूलो प्रतिगामी कदमको रूपमा मूल्याङ्कन गर्दै त्यसको तीक्षण आलोचना गर्नुभएको थियो । [१]
स्रोतहरू [सम्पादन गर्ने]
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४७१