गोदावरी, ललितपुर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गोदावरी
Godawari
—  गा.वि.स  —
गोदावरी is located in Nepal
गोदावरी
नेपालको एक स्थान
निर्देशांक: 27°38′N 85°31′E / 27.633, 85.517
देश  Nepal
अञ्चल बागमती अञ्चल
जिल्ला ललितपुर
सरकार
 - सभासद वर्षमान पुन
जनसङ्ख्या (2011)
 - जम्मा १५,५७२
समय क्षेत्र Nepal Time (युटिसी+5:45)
टेलिफोन कोड 01

गोदावरी नेपालको बागमती अञ्चलको ललितपुर जिल्लाको एक गाँउ विकास समिति हो। भौगोलिक वनावट, हावापानी, वनजङ्गल, नदीनाला र ताल, विभिन्न जनजातिहरुको रहनसहन, भेषभूषा आदिको विविधताले गर्दा यस गाँउ विकास समिति विशिष्ट महत्व बोकेको छ । गोदावरी एक धार्मिक र पौराणिक स्थल रहिआएको छ। यो गा.वि.स निर्वाचन क्षेत्र नं ३ मा पर्छ। काठमाडौँको सातदोबाटो चक्रपथबाट आठ किलोमिटर पर ६। यस् ठाउँ पर्यटकिय स्थल हो जाहा पर्यटक आवत जावत गर्छन्। यस् गाउ बिकास समिती अन्तर्गत १० वडा रहेका छ्न।यो गबिस मा काठमाडौं उपत्यकाभरिमा धेरै पानि पर्ने ठाउँ भनेर मानिन्छ।

जनसंख्या[सम्पादन गर्ने]

नेपालको सन् २०११ को जनगणना अनुसार, यस गा.वि.स मा पुरुषको संख्य ७,०५२ र महिलाको ८,५२० गरी जम्म १५,५७२ छन् [१] । सोहि तथ्याक अनुसार १,८२५ घर धुरीहरु रहेको छन [२]

भौगोलिक स्थिति[सम्पादन गर्ने]

गोदावरी समुन्द्र सतहदेखि ४५७ मिटर उचाईदेखि २८३१ मिटरसम्म रहेको छ ।यस् गाउ बिकास समिती उपत्यका भित्र दुर्गम क्षेत्रमा पर्दछ ।[३]

पर्यटकिय स्थल[सम्पादन गर्ने]

गोदावरी वनस्पति उधान

नौधारा[सम्पादन गर्ने]

गोदावरी कुण्ड[सम्पादन गर्ने]

उध्योग कार्खाना[सम्पादन गर्ने]

गोदावरी मार्बल कम्पनी[सम्पादन गर्ने]

बियर उत्पादन कम्पनी लिमिटेड[सम्पादन गर्ने]

जात जाती[सम्पादन गर्ने]

यहाँ बहुन र छेत्री जात जाती को बाहुल्यता रहेको छ।

जीवन सैली[सम्पादन गर्ने]

प्राय त यस् ठाउँ मा मानिषहरु कृषि पेसा मा संलग्न छन र थोरै मात्रमा मानिषहरु आफ्नै पेसा गर्दछन।

मौसम[सम्पादन गर्ने]

गर्मी याममा होस् या जाडोमा, यहाँको बसाइको आफ्नै विशेषता छ। गर्मी छल्न गोदावरी जंगलछेउ पुग्दा यहा चल्ने सिरसिरे हावाले मन चंगा गराउँछ भने जाडोमा हुस्सु मडारिएको रमाइलो हेर्न सकिन्छ।

जलभण्डार[सम्पादन गर्ने]

जलभण्डार वा जलस्र्रोतको हिसावले नदीनालाहरु प्रचूर मात्रामा रहेको छ। यस जिल्लाको उत्तरी भेगमा बग्ने गोदावरी नदीले ४२.९६ वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ।

भाषा[सम्पादन गर्ने]

यस गा.वि.स मा अधिकृत भाषा छन् :- नेपाली , नेवारी, भोटे, राइ भाषा आदी।

यातायात[सम्पादन गर्ने]

यस पहाडी क्षेत्रमा बाहेक उपत्यकामा धेरैजसो सडक यातायातको सुविधा रहको छ । जिल्लाको सदरमुकामदेखि गोदावरी ७ कि.मी. पक्की बाटो छ।

स्वास्थ्य सेवा[सम्पादन गर्ने]

यस केन्द्रीयस्तर र निजी क्षेत्र समेत गरी अस्पताल रहेका छन् ः प्रा.स्वा.केन्द्र २, हेल्थपोष्ट २, रहेका छन् ।

शैक्षिक संस्था[सम्पादन गर्ने]

यस गा.वि.स मा शहरी क्षेत्रमा पर्याप्त मात्रामा शैक्षिक सुविधाहरु उपलव्ध छन् र दुर्गम भेगमा तुलनात्मक रुपमा कमी देखिन्छ ।

शैक्षिक संस्था[सम्पादन गर्ने]

सि.नं. नाम सम्पर्क टेलिफोन नं
क्रेस्सैण्ट एकडेमी ५५६०६४०
सैण्ट्जैविएर्स स्कुल ५५६०१४५
कितिनी उच्च मा. वि (सरकारी) ५५६०६२३
सेडा हाइ स्कूल ५५६०८२९
किण्ग्डूम मा.वि ५५६०३१२

विद्युत सेवा[सम्पादन गर्ने]

यस गा.वि.स मा प्रायः सबै क्षेत्रमा विद्युत सेवा उपलव्ध भएको छ।

रिसोर्ट[सम्पादन गर्ने]

रिसोर्ट[सम्पादन गर्ने]

क्र.नं नाम सम्पर्क टेलिफोन नं.
होटेल भ्यू भ्रिकुटी ५५६०४७१
रिजोर्ट गोदावरी ५५६०४५३
गोदावरी भिलज रिजोर्ट ५५६०६७५

[४][५]

[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]