गोपाल किराँती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पूर्वमन्त्री बलबहादुर केसीलाई हराएर खम्बु सभासदमा चुनिनुभएको थियो। माओवादी केन्द्रीय सदस्यसमेत रहनुभएका खम्बु माओवादीको पोलिटब्युरो सदस्यसमेत रहनुभएको थियो। ०४० देखि खम्बु राई राजनीतिमा लाग्नुभएको थियो। खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा को रूपमा उहाँले सशस्त्र आन्दोलन थाल्नुभएको थियो। त्यसको नेतृत्व खम्बुले नै गर्नुभएको थियो। ०६०मा माओवादीसँग एकता भएपछि खम्बु माओवादी नेतृत्व तहमा रहेर काम गरिरहनुभएको छ। सामान्य किसान परिवारमा जन्मनुभएका खम्बु औपचारिक शिक्षा ७ कक्षा सम्मको मात्र छ।

राज्यको पुनर्र्सचना नै आफ्नो मूल एजेण्डा बताउनुहुन्छ। माओवादीको अग्रगामी कार्यदिशा र आफूले जनताको पक्षमा काम गदैआएकाले पनि आफूलाई जनताले विजयी बनाएको खम्बुले बताउनुहुन्छ। [१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]