गोपालप्रसाद रिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गोपाल प्रसाद रिमालबाट अनुप्रेषित)
गोपाल प्रसाद रिमाल
गोपाल प्रसाद रिमाल
जन्म१९७५ जेठ १८
लगनटोल, काठमाडौँ, नेपाल
मृत्युवि.सं. २०३० कार्तिक ८
वासस्थानकाठमाडौँ, नेपाल
पेशासाहित्यकार
सन्तानमनोहर प्रसाद रिमाल (छोरा)
मातापिताउमाकान्त रिमाल

गोपालप्रसाद रिमाल (१९७५-२०३०) नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । काठमाडौँको लगनटोलमा जन्मिएका गोपालप्रसाद रिमाल निकै प्रतिभावान् व्यक्तिका रूपमा परिचित छन् । उनको "आमाको सपना" कृतिका लागि उनलाई २०२० सालको मदन पुरस्कार प्रदान गरिएको थियो । उनी वि.सं.२०३० मा त्रिभुवन पुरस्कारबाट पनि सम्मानित भए । छन्दमा लेख्ने परम्परालाई तोडेर गद्यमा कविता लेखेका हुनाले उनी क्रान्तिकारी कविका रूपमा पनि परिचित छन् । थोरै लेखेर धेरै प्रख्यात कमाउने साहित्यकारहरू मध्ये उनी पनि एक हुन् ।[१][२]

गोपालप्रसाद रिमालको जीवनी[सम्पादन गर्नुहोस्]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

रिमालको जन्म वि.सं. १९७५ जेठ १८ गते लगनटोल, काठमाडौँमा भएको थियो। उनको बुवाको नाम उमाकान्त रिमाल हो।

शिक्षा[सम्पादन गर्नुहोस्]

उनी वि.सं १९९१ सालक प्रवेशिका परिक्षाको बोर्ड प्रथम हुन्। उनले प्रमाणपत्र तहसम्मको अध्ययन गरेका थिए।

साहित्यिक यात्रा[सम्पादन गर्नुहोस्]

रिमालको प्रकाशित रचना वि.सं. १९९२मा शारदामा "प्रति" शीर्षकको कवितालाई मानिन्छ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

निधन[सम्पादन गर्नुहोस्]

उनको निधन वि.सं. २०३० कार्तिक ८ गते काठमाडौँमा भएको थियो।

कृतिहरू[सम्पादन गर्नुहोस्]

  1. ) मसान (नाटक, वि.सं. २००३)
  2. ) यो प्रेम (नाटक,लेखन २००२, प्रकाशन वि.सं. २०१५)
  3. ) आमाको सपना (कविता सङ्ग्रह २०१९)
  4. ) "मसान" (नाटक)
  5. ) चर्चित नेपाली गीत " रातो रगत र चन्द्र सूर्य जंगी निशान हाम्रो" रिमालले नै लेखेका हुन्।

पुरस्कार, मान-सम्मान, पदकहरू[सम्पादन गर्नुहोस्]

  1. वि.सं. २०१९ को मदन पुरस्कार आमाको सपना का लागि प्राप्त भएकाे[३]
  2. वि.सं. २०३० मा 'त्रिभुवन पुरस्कार' प्राप्त भएकाे

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाण्डौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान
  2. [१]
  3. मदन पुरस्कार गुठी