गोपी बहादुर सार्की

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

मोरङ ८बाट विजयी सविधानसभा सदस्य गोपीबहादुर अछामी सार्की 'पुष्प'ले संविधान सभा निर्वाचनमा एमाले नेता गुरु बराल र काङ्ग्रेस नेता अशोक कोइरालालाई पराजित गर्नुभएको हो। अछामी प्रत्यक्षबाट विजयी सार्की समुदायका दुई सभासद् मध्ये एक हुनुहुन्छ। अर्का सार्की सभासद् तेजबहादुर मिजार काभ्रेबाट विजयी माओवादी सभासद हुनुहुन्छ।

स्नातकसम्मको औपचारिक शिक्षा लिएका सार्की २०४७ साल देखि नेपाली काग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको राजनीतिबाट राजनीतिमा साइत सार्नुभएको हो। २०५३ साल देखि भूमिगत राजनीति थालेका सार्की माओवादी सेनाको बिग्रेड कमिसारसमेत हुनु भयो। कोचिला राज्य समिति सदस्य रहेका सार्की पत्नी सावित्रा माओवादी जिल्ला समिति सदस्य हुनुहुन्छ। नेपाली काङ्ग्रेस, नेकपा एमाले सहितका दलका विगतका गतिविधिबाट आजित भएका जनताले माओवादी प्रति विश्वास गरेकाले आफूलाई विजयी गराएको अछामीको धारणा छ। राज्यका हरेक अंगमा दलित जातिको सहभागितालाई संविधानमै सुनिश्चित गराउनु सार्कीका धेरै एजेणडामध्ये एक हो।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा