गोबिन्द नेपालि
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
गोबिन्द नेपाली नुवाकोट जिल्ला, पिपलटारका स्थायी बासिन्दा गोविन्द नेपाली परियार समानुपातिक तर्फ नेकपा एमालेका सभासद हुनुहुन्छ। ४६ वर्षीय परियारले २०३७ सालमा राजनैतिक यात्रा थाल्नुभएको हो। हाल एमाले वाग्मती अञ्चल समन्वय समितिका सदस्य परियारले यसअघि २०४६ सालमा गार्मेन्ट मजदुर संघको अध्यक्ष र २०४८ सालमा एमाले नुवाकोट जिल्ला सचिवको जिम्मेदारी सम्हालिसक्नुभएको छ। पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा लोकतन्त्र प्राप्तिको लागि गरेको आन्दोलनमा उहाँ नुवाकोटमा एक महिना थुनामा पर्नुभएको थियो। सैद्धान्तिक निरन्तरता र पार्टीका कामप्रतिको लगनशीलताले आफूलाई संविधान सभामा पुर्याएको उहाँको विश्लेषण छ।
आइ.ए. सम्मको अध्ययन गरेका गोविन्द नेपाली परियार दुई छोरा, तीन छोरीका पिता हुनुहुन्छ। समाजसेवा उहाँको रुचिको क्षेत्र हो र उहाँ नेपाल रेडक्रसका आजीवन सदस्य हुनुहुन्छ। शिक्षा क्षेत्र तर्फ समेत अभिरुचि राख्ने परियार आदर्श बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएको छ। दलित, मजदुर लगायत सबै जाति, वर्ग र लिङ्गको हक अधिकार सुरक्षित गर्न सबैको सहमति र सहकार्यमा बन्ने नयाँ संविधानको अहम् भूमिका हुने धारणा राख्ने परियारले संविधान सभामा प्रमुखतासाथ उठाउने अठोट गरेका प्रमुख दुई विषय हुन्- क. विविधतामा एकता कायम गरेर अघि बढ्ने वातावरण बनाउने, ख.राज्यको पुनः संरचना गरी सबै जाति र समुदायको राज्यका सबै अङ्गमा समान पहुँच स्थापित गर्ने।[१]