गोरखा जिल्ला

नेपाली विकिपीडियाबाट

(गोर्खा बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज
गोरखा जिल्ला
Gorkha district location.png
अञ्चल: गण्डकी अञ्चल
सदरमुकाम: गोरखा
क्षेत्रफल: ३,६१० वर्ग कि.मि.
जनसङ्ख्या: ३,२१,८४६
गाविस सङ्ख्या: ६०
नगरपालिका(हरू): [गोरखा नगरपालिका]]
संविधानसभा निर्वाचन क्षेत्र सङ्ख्या:
भौगोलिक अवस्थिति: पहाडी प्रदेश
सबैभन्दा अग्लो उचाई: ८,१५६ मिटर
सबैभन्दा होंच उचाई: ४८८ मिटर
प्रमुख जनजातीहरू: बाहुन, क्षेत्री, मगर, गुरूङ,
प्रमुख भाषाहरू: नेपाली, मगर, गुरूङ भाषा
मानव विकास सुचाङ्क स्थिति: ४० (७५ जिल्लहरू मध्ये)
टेलिफोन कोड: ०६४
 हे     
नेपालको प्रशासनिक विभाजन
पूर्वाञ्चल
मेची: झापा इलाम पाँचथर ताप्लेजुङ
कोशी : मोरङ सुनसरी धनकुटा तेह्रथुम भोजपुर सङ्खुवासभा
सगरमाथा : सप्तरी सिराहा उदयपुर खोटाङ ओखलढुंगा सोलुखुम्बु
मध्यमाञ्चल
जनकपुर : धनुषा महोत्तरी सर्लाही सिन्धुली रामेछाप दोलखा
बागमती : काठमाण्डौ ललितपुर भक्तपुर काभ्रेपलाञ्चोक
धादिङ नुवाकोट सिन्धुपाल्चोक रसुवा
नारायणी : रौतहट बारा पर्सा मकवानपुर चितवन
पश्चिमाञ्चल
गण्डकी : गोर्खा तनहुँ स्याङ्जा लमजुङ कास्की मनाङ
लुम्बिनी : नवलपरासी रुपन्देही कपिलबस्तु पाल्पा अर्घाखाँची गुल्मी
धवलागिरी : पर्वत वाग्लुङ म्याग्दी मुस्ताङ
मध्यपश्चिमाञ्चल
राप्ती : दाङप्युठानरोल्पासल्यानरुकुम
कर्णाली : डोल्पाजुम्लाकालिकोटमुगूहुम्ला
भेरी : बाँकेबर्दियासुर्खेतदैलेखजाजरकोट
सुदुरपश्चिमाञ्चल
सेती : कैलालीडोटीअछामबाजुराबझाङ
महाकाली : कञ्चनपुरडडेलधुराबैतडीदार्चुला
 हे     

गोरखा नेपालको गण्डकी अञ्लमा अवस्थित एक जिल्ला हो । गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार हो जुन पृथ्वीनारायण नगरपालिकामा पर्दछ ।

विषयसूची

[परिवर्तन्] धार्मिक

यस बाहेक यहाँ शक्तिकी स्वरुप श्री भवानी कालिका र शिव स्वरुप श्री गुरु गोरखनाथ बाबा भएको हुँदा धार्मिक हिसाबले शिव-शक्ति पीठको रुपमा यस ठाउँको महत्वपुर्ण स्थान छ ।

[परिवर्तन्] ऐतिहासिक

यहाँ वि. सं. १७७९ मा राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म भएको थियो । गोरखामा जगतमाता भगवती कालिको मन्दीर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ । यहाँ हजारैं भक्तजनहरु दर्शन गर्न र आफ्नो मनोकामना पूरा लागि आउने गर्छन् । साथै प्रत्येक अष्टमीका दिन वलि पुजा चढाईन्छ, दैनिक नित्य पूजाआजा र भजनकीर्तन हुन्छ । कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरुको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ । नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाईन्छ । साथै नेपालको राष्ट्रिय निशाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अंकीत थियो । यसबाट थाहा हुन्छ कि उहाँहरु हाम्रो आरध्यदेव हुनुहुन्छ ।

[परिवर्तन्] भूगोल

यसठाउँको अर्को विशेषता भनेको यहाँबाट देखिने चाँदीको घेरजस्तो उत्तरतिरको हिमाली श्रृङ्खला । संसारको पाँचै अग्लो हिमाल मनासलु यही भेकमा पर्छ । यहाँबाट धौलागिरी देखि गणेशहिमाल सम्मको मनमोहक दृश्य देखिन्छ । यस्तै घना जंगल तथा हरिया पहाडहरु, हिमालदेखी कलकल गर्दै बग्ने नदिनालाहरु, सम्ममैदान र फाँटहरु, शितोष्ण हावापानी, शान्त वातावरण आदीले गर्दा यहाँ आउने जोकोहीको पनि मन छुन्छ । यिनै कारणहरुले गर्दा वर्षेनी विश्वका बिभिन्न मुलुकहरुबाट थुप्रै पर्य़टकहरु यहाँ आउने गर्छन् ।



[परिवर्तन्] यो पनि हेर्नुहोस्

नेपालको क्षेत्रिय बर्गिकरण

अरु भाषामा