गोविन्दराज भट्टराई
नेपाली विकिपीडियाबाट
प्रा. डा. गोविन्दराज भट्टराई अंग्रेजीका प्राध्यापक हुनुहुन्छ । उहाँ अनुवाद साहित्यमा विद्यावारिधि (पिएचडी) गर्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँको जन्म २०१० साल चैत ४ गते भएको हो ।
[परिवर्तन्] जीवनी
उहाँ साहित्यकार तथा 'कान्तिपुर दैनिक' का स्तम्भकार पनि हुनुहुन्छ । डा. भट्टराई अहिले त्रिभुवन विश्वविद्यालय (कीर्तिपुर) को शिक्षाशास्त्र संकायमा सहायक डीन हुनुहुन्छ । उहाँले एम्.ए., एम्.एड्. पछि पिएचडी गर्नुभएको हो । उहाँले करिब आधा दर्जनभन्दा बढी पुरस्कार एवं सम्मान पाउनुभएको छ । डा. भट्टराई हाल कीर्तिपुर नगरपालिका २ ट्याङ्लाफाटमा बस्नुहुन्छ ।
[परिवर्तन्] प्रकाशन
उहाँका एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । उहाँका ती प्रकाशित पुस्तकहरू यसप्रकार छन्:
- मुगलान (उपन्यास, २०३१)
- मणिपुरको चिठ्ठी (उपन्यास, २०३४)
- तीनधारा (कथासंग्रहमा सहलेखन, २०३५)
- काव्यिक आन्दोलनको परिचय (२०६१)
- एक्लै एक्लै एक्लै (निबन्धसंग्रह, २०६०)
- सेलेक्टेड नेपाली एसेज (अनुवाद, २०६०)
- आख्यानको उत्तरआधुनिक पर्यावलोकन (समालोचना, २०६१)
- पश्चिमी बलेसीका बाछिटा (समालोचना, २०६१)
- विश्वविद्यालयमा अग्निपूजा (निबन्धसंग्रह, २०६१)
- सेलेक्टेड स्टोरिज फ्रम नेपाल (अनुवाद, २०६१)
- उत्तरआधुनिक ऐना (समालोचना, २०६२), र
- वियोन्ड द फ्रन्टियर्स : विमिन्स स्टोरिज फ्रम नेपाल (२०६३, सम्पादन)
[परिवर्तन्] बाह्य लिङ्कहरू
(हाल छैनन्)