गोविन्दराम प्रजा
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
गोविन्दराम प्रजा
मकवानपुर, काकडा गाविस, सिलिङ निवासी गोविन्दराम प्रजा चेपाङ समानुपातिकतर्फ नेकपा एमालेका सभासद हुनुहुन्छ। ३४ वर्षीय चेपाङ २०४६ देखि राजनीतिमा संलग्न रहँदै आउनुभएको छ। हाल उहाँ एमाले मकवानपुर जिल्ला सदस्य र संगठन विभागका पनि सदस्य हुनुहुन्छ। पार्टी राजनीतिमा सक्रिय रहँदा आफूलाई माओवादीले आठ दिन अपहरण गरेको र त्यसको लगत्तै प्रहरीले दुई दिन थुनामा राखेको उहाँ बताउनुहुन्छ। काकडा गाविस अध्यक्ष र नेपाल चेपाङ संघका केन्द्रीय सदस्य रहिसकेका उहाँ हाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य तथा नेपाल चेपाङ संघका अध्यक्ष हुनुहुन्छ। चेपाङ भाषाभाषी, प्रकृतिपूजक गोविन्दराम प्रजा चेपाङले एस.एल.सी. सम्मको अध्ययन गर्नुभएको छ। उहाँका दुई छोरा, दुई छोरी छन् र उहाँ कृषि पेशामा आवद्ध हुनुहुन्छ। "ठूला मानिसबाट चाखलाग्दा ज्ञानवर्धक कुरा सुन्ने" आफ्नो सोख रहेको उहाँ बताउनुहुन्छ। सैद्धान्तिक निष्ठा, लगनशीलता र चेपाङको हितमा समर्पित भएकाले आफू संविधानसभामा पुगेको उहाँको विश्लेषण छ। सभासद चेपाङले संविधानसभामा चेपाङ जातिको लागि अलग्गै स्वायत्त प्रदेश हुनुपर्ने माग जोडदार रूपमा राख्ने अठोट गर्नुभएको छ। यसको साथै दिगो शान्तिका लागि क्रियाशील हुने उहाँको संकल्प रहेको छ।[१]