गोविन्दा पौडेल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

म्याग्दीका २ बाट प्रतिनिनित्व गर्ने माओवादीका सभासद् ४४ वर्षीय गोविन्द पौडेल माओवादी राज्य समिति सचिवालय सदस्य तथा म्याग्दी इन्चार्ज पनि हुनुहुन्छ। राजनैतिक परिवारमा जन्मनुभएका पौडेलको परिवार नै माओवादी पूर्णकालीन कार्यकर्ता छन्। पाँचजनाको परिवारमा उहाँका एक छोरा अखिल क्रान्तिकारी म्याग्दी अध्यक्ष, कान्छी छोरी प्रतिरोध सांस्कृतिक परिवारमा र एक छोरी जनमुक्ति सेनामा कार्यरत छन् भने श्रीमती जमुना महिला संघमा। ०३६ देखि अखिल छैठौंबाट राजनीति थाल्नुभएका पौडेल ०४१मा बाग्लुङ क्याम्पसको स्ववियू कोषाध्यक्ष हुनुभएको थियो। पार्टी विभाजन भएपछि ०४३मा मोटो मशालबाट म्याग्दी जिल्ला समिति सदस्य हुनुभयो। उहाँले १२ वर्षसम्म शिक्षण गर्नुभएको थियो। उहाँ ०४९ देखि भानु माविको प्रधानाध्यापक छाडेर पूर्णकालीन कार्यकर्ता हुनुभएको थियो।

उहाँ बाग्लुङ, पर्वत र मुस्ताङमा जनयुद्धका समयमा लामो समयसम्म खट्नुभयो। बेनीमा माओवादीले रेड गर्दा उहाँ व्यवस्थापन प्रमुख हुनुहुन्थ्यो।

संविधानमै शिक्षा, स्वास्थ्य र रोजगारलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गराउने उहाँको मुख्य एजेण्डा हो। यसैगरी मगर जातिको मुक्तिको प्रश्न र भाषा लिपिको संरक्षणका विषय संविधानमै सुनिश्चित गराउने पहल गर्ने बताउनुहुन्छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा