गोही
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
गोही एक पानी र जमीन दुबै ठाउँमा बस्न सक्ने सरीसृप समुहको जीव हो। यसलाई प्राचिन डाइनोसर जीवको प्रजाती मानिएको छ। गोहीको दाँतहरू उल्टो फर्केका कारण यसले कुनै पनि जीवलाई दाँतले समाती सकेमा छोड्ने सम्भावना कम नै हुन्छ। त्यसैले यसलाई सबै भन्दा खतर्नाक जनावरको रूपमा लिन सकिन्छ। गोहीलाई कुनै कुनै ठाउँमा ग्राहक, मगर मच्छ, नाका, इत्यादी फरक फरक नामले पनि चिनिन्छ।
पहिले दक्षिण एसियाका पाकिस्तान, भुटान र बंगलादेशमा पनि गोही पाइन्थ्यो। तर, अहिले त्यहाँबाट लोप भइसकेका छन्। हाल विश्वमा नेपाल र भारतमा मात्रै गोही उपलब्ध छन्। खास गरेर नेपालको कोशी नदी, कर्णाली नदी, नारायणी नदीमा गोहीहरू देख्न सकिन्छ भने भारतका धेरै नदीहरूमा गोही देख्न सकिन्छ। गोहीहरू धेरै प्रजातीको हुन्छ। गोही प्रकृतिकै अति संवेदनशील प्राणीमा पर्छ। यो प्राकृतिक परविर्तन अनुसार अनुकूल बन्न जान्दैन। त्यसैले मानवीय चाप र प्रदूषणले सजिलै मर्ने गरेको छ। गोहीले पानीभित्रको इकोसिस्टमलाई सन्तुलनमा राख्छ। तर, नदीमा माछा मार्न विष हाल्ने, करेन्ट लगाउने र माछा मार्न जाने क्रम बढेकाले यसको बासस्थान संकटमा छ।