गौरिका सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गौरिका सिंह
१२औँ दक्षिण एसियाली खेलकूदमा कास्य पदक जितेपछि, गौरिका
व्यक्तिगत जानकारी
पुरा नामगौरिका सिंह
राष्ट्रियतानेपाली
जन्म (2002-10-26) २६ अक्टोबर २००२ (उमेर २१)[१]
उचाइ१७१ सेमी[१]
तौल५५ किग्रा
खेल
खेलपौडी
स्ट्रोक(हरू)फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक, मेड्ली
क्लबबार्नेट कोप्टहल क्लब
प्रशिक्षकरेज गोर्म्ली
क्रिस्टिन ग्रिन

गौरिका सिंह (अङ्ग्रेजी: Gaurika Singh) नेपालको महिला पौडी खेलाडी हुन्। उनले सन् २०१६ दक्षिण एसियाली खेलकुदमा पौडी खेलमा रजत पदक जितेकी थिइन्।[२][३][४] उनी २०१६ ओलम्पिकमा पौडीमा नेपालको तर्फबाट सहभागी हुने उनी २०१६ ओलम्पिकको सबैभन्दा कान्छी खेलाडी पनि हुन्। [५]

उनले १३‌औँ दक्षिण एसियाली खेलकुदमा ९ वटा पदक जितिन्। एउटै दक्षिण एसियाली खेलकुद संस्करणमा सर्वाधिक (४वटा) स्वर्ण जित्ने किर्तिमान उनकै नाममा छ।[६]

गौरिकालाई २०२१को एसियाली मनोरन्जन र खेलकुद श्रेणीमा फोर्बसको ३० मुनिका ३० सूचिमा समावेश गरिएको छ।[७]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

वुबा पारस सिंह र आमा गरिमा राणाको कोखबाट सन् २००२, नोभेम्बर २६ मा उनको जन्म भएको भएको थियो।[८]

खेल जीवन[सम्पादन गर्नुहोस्]

आठौँ राष्ट्रिय खेलकुद २०७५-७६[सम्पादन गर्नुहोस्]

राष्ट्रिय खेलकुदमा पहिलोपल्ट सहभागिता जनाएकी ओलम्पियन पौडी खेलाडी गौरिका सिंहले आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत २३औँ राष्ट्रिय पौडी प्रतियोगितामा १२ स्वर्ण जितेर कीर्तिमान बराबरी गरेकी छिन्। वि.सं. २०६५ सालमा काठमाडौँमा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुदमा करिस्मा कार्कीले १२ स्वर्ण जितेको कीर्तिमान गौरिकाले बराबरी गरेकी हुन्।[८][९][१०]

दक्षिण एसियाली साग प्रतियोगिता[सम्पादन गर्नुहोस्]

काठमाडौँमा आयोजना गरिएको दक्षिण एसियाली साग अन्तर्गत पौडी विधामा साग इतिहासमै नेपाललाई पहिलो स्वर्ण पदक प्राप्त भएको थियो। सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा २०० मिटर फ्रि स्टाइलमा भारतीय खेलाडीलाई हराउँदै नेपालकी गौरिका सिंहले स्वर्ण पदक प्राप्त गरेकी थिइन्। साग खेलकुदको अहिलेसम्मकै इतिहासमा गौरिकाले हात पारेको यो स्वर्ण एकल पौडी तर्फको पहिलो थियो। उनले भारतकी सुभांगी शर्मालाई पछि पार्दै नेपाललाई एतिहासिक स्वर्ण दिलाउन सफल भएकी थिइन्। यसअघि नेपालले सागमै टिमको तर्फबाट स्वर्ण जिते पनि एकल पौडीमा स्वर्ण जितेको थिएन। ऐतिहासिक रिकर्ड बनाउँदै गौरिका सिंहले स्वर्ण जित्दा सुभांगीले रजत जित्न पुगेकी थिइन्।

पदक प्रकार स्पर्धा समय
स्वर्ण ८०० मिटर फ्रिस्टायल ९ मिनेट ३९.२२ सेकेण्ड
स्वर्ण ५० मिटर ब्याकस्ट्रोक ३०.८५ सेकेण्ड (कीर्तिमान)
स्वर्ण ४०० मिटर फ्रिस्टायल ४ मिनेट ४४.८१ सेकेण्ड
स्वर्ण १०० मिटर फ्रिस्टायल ५९.६२ सेकेण्ड (कीर्तिमान)
स्वर्ण २०० मिटर ब्याकस्ट्रोक २ मिनेट ४१.२५ सेकेण्ड
स्वर्ण २०० मिटर फ्रिस्टायल २ मिनेट ०९.१९ सेकेण्ड
स्वर्ण १०० मिटर बटरफ्लाई १ मिनेट ०७.९७ सेकेण्ड (कीर्तिमान)
स्वर्ण ४ गुणा १०० मिटर मिड्ले रिले ४ मिनेट ५१.८९ सेकेण्ड
स्वर्ण २०० मिटर इन्डिभिजुएल मिड्ले रिले २ मिनेट ३२ सेकेण्ड (कीर्तिमान)
स्वर्ण ५० मिटर फ्रिस्टायल २७.५९ सेकेण्ड (कीर्तिमान)
स्वर्ण १०० मिटर ब्याकस्ट्रोक १ मिनेट ०७.२२ सेकेण्ड (कीर्तिमान)
स्वर्ण ४ गुणा १०० मिटर फ्रिस्टायल रिले ४ मिनेट २१.४१ सेकेण्ड

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Gaurika Singh वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-०५ मिति. rio2016.com
  2. "Singh claims historic individual medal in swimming - The Himalayan Times", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१६-०२-०८ 
  3. "Nepal bag 5 more medals in SAG, Gaurika Singh sets national record in swimming - The Himalayan Times", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१६-०२-०८ 
  4. "Nepal adds one each silver and bronze to medal count", kathmandupost.ekantipur.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१६-०२-०९ 
  5. Oli, Prajwal, "Gaurika confirmed youngest player in Rio", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ जनवरी २०२१ 
  6. "गोल्डेन गर्ल गौरिका", सेतो पाटी (नेपालीमा), अन्तिम पहुँच २७ जनवरी २०२१ 
  7. "Gaurika Singh", Forbes, २० अप्रिल २०२१, अन्तिम पहुँच २० अप्रिल २०२१ 
  8. ८.० ८.१ "नेपालकी गौरिका सिंह रियो ओलम्पिककै कान्छी खेलाडी", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २७ जनवरी २०२१ 
  9. "गौरिकाद्वारा १२ स्वर्णको कीर्तिमान बराबर", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २७ जनवरी २०२१ 
  10. "गोल्डेन स्विमर गौरिका", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २७ जनवरी २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]