गौरी शँकर खड्का
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सभासद् गौरीशंकर खड्का राजेन्द्र माओवादी राज्य समिति सदस्य हुनुहुन्छ। २०३५ साल देखि राजनीतिमा होमिनुभएका खड्का थालनीका राजनीति नेकपा मालेबाट थाल्नुभएको थियो। ०४५मा मशालमा प्रवेश गर्नुभएका खड्का त्रिभुवन विश्वविद्यालयमा स्ववियूको सदस्य पनि हुनुभयो। खड्का ०५१मा पार्टीको जिल्ला समिति सदस्य र विद्यार्थीको केन्द्रीय सदस्य बन्नुभयो।
उहाँ जनयुद्धको समयमामा ०५४मा ताप्लेजुंग, तेह्रथुम र पाँचथर जिल्ला सचिव बन्नुभयो। ०५८मा उहाँ जिल्लाको इन्चार्ज बन्नुभयो।
केही समयपछि उहाँ क्षेत्रीय ब्युरो सदस्य र ०६०को माओवादी केन्द्रीय सदस्य बन्नुभयो। खड्का पत्नी सीता भट्टराई माओवादी एरिया समिति सदस्य हुनुहुन्छ।
इतिहासमा स्नातकोत्तर खड्का वर्गीय, जातीय, लिङ्गीय विभेदलाई मेटाउन सविधानमै सुनिश्चित गराउने उहाँको मूल एजेण्डा छ।[१]