ग्रीष्मबहादुर देवकोटा
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सुप्रसिद्ध विद्वान् लेखक ग्रीष्मबहादुर देवकोटाको जन्म सन् १९१७ (वि.सं. १९७३ जेठ)मा पिता वसन्तबहादुर र माता आनन्दकुमारीका सुपुत्रका रूपमा काठमाडौँको नरदेवीमा भएको थियो। उहाँ स्वाध्ययनबाटै विद्वान् बन्नुभयो। शुरुमा राजनीतिमा नलागे पनि बीचमा राजनीतिमा लागिपर्ने देवकोटा पहिले प्रजातान्त्रिक कांग्रेससँग सम्बन्धित थिए भनेपछि २०१२ सालतिर डा. के.आई. सिंहको संयुक्त प्रजातन्त्र पार्टीसँग सम्बन्धित थिए।
बहुचर्चित सन्दर्भ सामग्री 'नेपालको राजनैतिक दर्पण'का लेखक देवकोटाले 'नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास' पनि लेख्नुभयो। राजसभा, राजसभा स्थायी समिति, गोरखापत्र, शाही प्रेस आयोग लगायतका विभिन्न संघसंस्थामा सदस्य भएर सल्लाह सेवा पुर्याउने देवकोटा विवाहपश्चात् एक छोरा जन्मेपछि युवावस्थामै विधुर हुनुभयो। उहँका एकमात्र छोरा हुनुहुन्छ। मधुमेह र श्वास-प्रश्वासमा अप्ठेरो हुने बिमारीबाट पीडित देवकोटा २०५१ साल फागुन २३ गते सिकिस्त भई शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना हुनुभयो। उहाँको निधन २०५१ साल फागुन २५ गते ७८ वर्षको उमेरमा भयो।
'साधना' (कामना प्रकाशनको) पत्रिकाको रजत अंकमा उहाँको 'मेरो चासोको विषय घोच्ने सुइरो भयो' भन्ने शीर्षकमा आफ्नो अनुभूति लेखमा प्रश्न गर्नुभएको छ- राणाकालीन वैज्ञानिक गेहेन्द्र शमशेरले नेपालमा बनाएको नेपालको पहिलो प्रेस अहिले कहाँ छ ? यो देवकोटाको जीवनको अन्तिम प्रश्न हो।