इस्वी सम्वत्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ग्रेगोरियन पात्रोबाट अनुप्रेषित)

इस्वी सम्बत वा ग्रेगोरी पात्रो विश्वमा प्रयोग गरिने अन्तर्राष्ट्रिय सम्बत हो । यो संसारमा लगभग हरेक ठाउँमा उपयोग गरिने क्यालेन्डर हो। यो जुली सम्बतको रूपान्तरण हो।

इस्वी सम्बत'रको मूल एकाइ दिन हुन्छ। ३६५ दिनहरूको एक वर्ष हुन्छ, तर प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई अधिक वर्ष (लिप इअर) भनिन्छ। सूर्यमाथि आधारित पञ्चाङ्ग हर १४६,०९७ दिनपछि दोहोरिन्छ। यसलाई ४०० वर्षहरूमा बाँडिएकोछ, र यो २०८७१ सप्ताह (७ दिन)को बराबर हुन्छ। यी ४०० वर्षहरूमा ३०३ वर्ष साधारण वर्ष हुन्छन्, जसमा ३६५ दिनहरू हुन्छन्। र ९७ लीप वर्ष हुन्छन्, जसमा ३६६ दिन हुन्छन्। यस प्रकार प्रत्येक वर्षमा ३६५ दिन, ५ घण्टा, ४९ मिनेट र १२ सेकेण्ड हुन्छन्। यसलाई पोप ग्रेगोरीले लागू गरेका हुन् र नैं यसको नाम ग्रेगोरियन क्यालेन्डर बसेको हो। यो भन्दा पहिला जूलियन क्यालेन्डर प्रचलनमा थियो, तर त्यसमा त्रुटीहरू भएकोले हटाइयो।

महिनाहरूको नामको क्रम: दिनहरूको सङ्ख्या[सम्पादन गर्नुहोस्]

क्र.सं. नाम दिन
जेनवरी ३१
फेब्रुअरी २८ वा २९,
मार्च ३१,
अप्रिल ३०,
मे ३१,
जुन ३०,
जुलाई ३१
अगस्ट ३१
सेप्टेम्बर ३०
१० अक्टोबर ३१
११ नोभेम्बर ३०
१२ डिसेम्बर ३१

थप हेर्नुहोस्[सम्पादन गर्नुहोस्]