ग्ली (टेलि श्रृंखला)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
ग्ली
Glee title card.svg
शैली सांगितिक
हास्य प्रधान-नाटक
सर्जक रायन मर्फी
ब्र्याड फाल्चुक
इयन ब्रेनन
लेखक रायन मर्फी
ब्र्याड फाल्चुक
इयन ब्रेनन
अलि एड्लर
रोबर्टो अगुइरे-साकासा
माइकल हिट्चकक्
म्याथ्यु हडग्सन
रस म्याक्सवेल
मार्टि नोक्सोन
कलाकारहरु डियाना एग्रोन
क्रिस कल्फर
ड्यारेन क्रिस्
जेसलिन गिलसिग
जेन लिंच
जेमा मेज
केविन मक्हेल
लिया मिशेल
कोरि मनटेइथ
हेदर मोर्रिस
म्याथ्यु मोरिसन
माइक ओ'म्यालि
एम्बर राइली
नाया रिवेरा
मार्क स्यालिङ
ह्यारी शम जुनियर
जेन्ना उश्कोविट्ज
'थीम' संगित रचनाकार जेम्स एस. लेभिन
अन्त्य 'थीम' "टाईम फर सम गर्ल टक"
रचनाकार(हरु) जेम्स एस. लेभिन
निर्माण देश संयुक्त्त राज्य अमेरिका
भाषा(हरु) अङग्रेजी
सत्रहरुको संख्या
भागहरुको संख्या ५८ (भागहरुको संख्या)
निर्माण
कार्यकारी निर्माता(हरु) रायन मर्फी
ब्र्याड फाल्चुक
डान्टे डि लोरेटो
इयन ब्रेनन
निर्माता(हरु) एलेक्सिस मार्टिन वुडल
माईकल नोभिक‍
केन्नेथ सिलभरस्टाईन
रोबर्ट डेल भ्याल
सम्पादक(हरु) जो लियोनार्ड
ब्र्याड्लि बुएकर
डक क्रोट्जर
जोन एल. रोबर्टस
नेथन एलेन
फाबिएन बोभिल्ल
छायांकन क्रिस्टोफर बाफा
माईकल लोई
व्हाकिन सेडिलो
क्यामरा सेटअप एकल क्यामरा
प्रसारण अवधि ४०–४८ मिनेट
५६ मिनेट (भाग २.१८)
निर्माण कम्पनी(हरु) २०th सेन्चुरी फक्स टेलिभिजन
ब्र्याड फाल्चुक टेलि-भिजन
रायन मर्फी टेलिभिजन
बितरक २०th टेलिभिजन
प्रसारण
मूल च्यानल फक्स
तस्वीर फर्म्याट ४८०i
७२०p (एच डि टि भि)
ध्वनी फर्म्याट डोल्बी सराउन्ड
कालक्रम
सम्बन्धित कार्यक्रमहरु द ग्ली प्रोजेक्ट
बाह्य लिङ्कहरु
आधिकारिक वेबसाईट

ग्ली एक अमेरिकी सांगीतिक-कमेडी नाटक श्रृंखला हो जुन संयुक्त राज्य अमेरिकाको फक्स च्यानलमा आऊँदछ । यो एक उच्च विद्यालयको ग्ली क्लब, 'न्यु डिरेक्शनस्'ले, गाउने र नाच्ने प्रतियोगितामा प्रतिस्पर्धा गरेको कथामा केंद्रित छ । यसमा उनीहरु आपसि सम्बन्ध, कामुकता र विभिन्न सामाजिक विषयहरुको सामना गर्छन् । प्रारंभिक मुख्य कलाकारमा क्लब निर्देशक र स्प्यानिश शिक्षक विल शुस्टर (म्याथ्यु मोरिसन), चियरलिडिङ कोच शु सिलवेस्टर (जेन लिंच), विद्यालयकी सल्लाहकार एम्मा पिल्सबरी (जेमा मेज), विलकी श्रीमती टेरी (जेसलिन गिलसिग), र आठ क्लब सदस्यको भुमिकामा डियाना एग्रोन, क्रिस कल्फर, केविन मक्हेल, लिया मिशेल, कोरि मनटेइथ, एम्बर राइली, मार्क स्यालिङजेन्ना उश्कोविट्ज रहेका छन् । दोस्रो सत्रको लागि पहिलेको अन्य पात्रहरु माइक ओ'म्यालि, हेदर मोर्रिसनाया रिवेरालाई मुख्य कलाकारको रुपमा ल्याइएको थियो । तेस्रो सत्रको लागि भने, ह्यारी शम जुनियरड्यारेन क्रिस् मुख्य कलाकारको रुपमा राखिएको थियो र दुवै गिलसोग र ओ'म्यालिलाई मुख्य कलाकारबाट हटाईएको थियो, तर ओ'म्यालि फेरि अतिथि कलाकारको रुपमा फिर्ता आएका छन् ।

यो श्रृंखला रायन मर्फी, ब्र्याड फाल्चुकइयन ब्रेननले बनाएका हुन जसमा ब्रेननले ग्लीलाई एक चलचित्र बनाउने कल्पना गरेका थिए । पहिलो दुई सत्रको सबै भागहरु यि तीनले नै लेखेका थिए भने मर्फी र फाल्चुकले मुख्य निर्देशकको रूपमा पनि काम गरेका थिए । यसको प्रथम भाग १९ मे, २००९ का दिन देखाइएको थियो र पहिलो सत्र ९ सेप्टेम्बर, २००९ देखि ८ जुन, २०१० सम्म प्रसारित गरिएको थियो । दोस्रो सत्र २१ सेप्टेम्बर, २०१० बाट २४ मे, २०११ सम्म प्रसारित गरिएको थियो भने तेस्रो सत्र २१ सेप्टेम्बर, २०११ देखि सुरू भयो । ग्लीमा कलाकारहरु निर्देशक मर्फिले छानेका र एडम ऐन्डर्सद्वारा उत्पादित गितहरु गाउदछन जुन विभिन्न किसिमको गिती-शैलीबाट समान रुपमा छानिन्छन् । यसमा प्रयोग भएका गितहरु iTunes स्टोरको माध्यमबाट प्रसारण भएको हप्तामा बिक्री गरिन्छ र ग्ली टिभि श्रृंखलाको एल्बमहरु कोलम्बिया रेकर्डसद्वारा जारी गरिन्छ । ग्लीका संगीतले व्यावसायिक रुपमा निकै सफलता हात पारेको छ । यसको एकल डिजिटल गीतहरु छत्तीस लाखभन्दा पनि बढि बिक्री भएका छन भने अक्टोबर २०११ सम्म करिब एक करोड दस लाखको हाराहारीमा यसको एल्बम संसार भर बिक्री भएका छन् । यसको साथ साथै ग्ली सम्बन्धि डिभिडि, ब्लु-रे, युवा पुस्तक श्रृंखला, एक iPad एप्पलिकेशन, र Wii को लागि क्यारिओकि खेल पनि बनेका छन् ।

आफ्नो पहिलो सत्रको बेलामा, ग्लीले राम्रो समीक्षा पायो । मेटाक्रिटिकले यसलाई १०० मा ७७ को औसत अङ्क दियो जुन अठार समीक्षाहरुमा आधारित थियो । प्रथम सत्रमा ग्ली १९ एम्मी अवार्ड, ४ गोल्डेन ग्लोब अवार्ड, ६ स्याटेलाइट अवार्ड र ५७ अन्य पुरस्कारको लागि नामां‌ङ्कित भएको थियो जसमा २०१० को 'सर्वश्रेष्ठ टेलिभिजन श्रृंखला - संगीत वा हास्य' को लागि गोल्डेन ग्लोब अवार्ड, जेन लिंच, अतिथि भुमिकाको लागि नील प्याट्रिक ह्यारिस र प्रथम भाग निर्देशनको लागि रायन मर्फीले एक - एक एम्मी अवार्ड जितेका थिए । २०११ मा यसले पुन 'सर्वश्रेष्ठ टेलिभिजन श्रृंखला - संगीत वा हास्य' को लागि गोल्डेन ग्लोब अवार्ड जित्न सफल भयो । जेन लिंच र क्रिस कल्फरले क्रमश सर्वश्रेष्ठ सहायक अभिनेत्री र सर्वश्रेष्ठ सहायक अभिनेताको लागि गोल्डेन ग्लोब जीते भने म्याथ्यु मोरिसन र लिया मिशेलले पनि क्रमश सर्वश्रेष्ठ अभिनेता र सर्वश्रेष्ठ अभिनेत्री को लागि नामाङ्कन प्राप्त गरेका थिए । यो श्रिंखला फक्सद्वारा २०११ को सुपर बाउल XLV अघि प्रसारणको लागि चुनिएको थियो । १४ जुलाई, २०११ मा, ग्ली बाह्र प्राइमटाइम एम्मीहरुको लागि नामाङ्कित भएको थियो ।

मर्फी र फक्सले एक कन्सर्ट चलचित्र पनि निर्माण गरेका छन् जसमा ग्ली लाईभ! इन कन्सर्ट!को गीत र मन्च पछाडिका दृश्यहरु राखिएका छन् । यो चलचित्र केभिन ट्यानक्यारोइनद्वारा निर्देशित थियो, र १२ अगस्ट, २०११ को दिन संयुक्त राज्य अमेरिकामा आफ्नो दुई हप्ते सीमित प्रदर्शन शुरू गर्‍यो ।

विषयसूची

[सम्पादन गर्ने] निर्माण

[सम्पादन गर्ने] परिकल्पना

इयन ब्रेननले ग्ली माउन्ट प्रोस्पेक्ट, इलिनोइसमा अवस्थित प्रोस्पेक्ट हाई स्कुलको ग्ली क्लबको एक सदस्य भएको आफ्नो अनुभवको आधारमा परिकल्पना गरेका हुन ।[१] उनले सुरूमा ग्लीलाई टेलिभिजन श्रृंखला नभएर एक चलचित्रको रूपमा कल्पना गरेका थिए र स्क्रिनराईटिङ्ग फर डम्मिजको सहायताबाट अगस्ट २००५ मा पहिलो मस्यौदा तयार पारे ।[१] उनले त्यो स्क्रिप्ट २००५ मा पुरा गरे तर कैयौँ वर्षसम्म पनि अरुलाई यो परियोजनामा रुचि उत्पन्न गराउन सकेनन् । [२] माइक नोभिक, एक टेलिभिजन निर्माता र उनको साथी, रायन मर्फी जाने जिमकै एक सदस्य थिए, र उनले ब्रेननको स्क्रिप्टको एक प्रति मर्फीलाई दिए ।[३] मर्फी पनि कलेजमा हुँदा ग्ली क्लबमा आबद्ध थिए र त्यसैले त्यो स्क्रिप्टलाई मनपराए । मर्फी र उनको निप/टक को सहयोगी ब्र्याड फाल्चुकले ग्लीलाई एक टिभि श्रिंखलाको रूपमा निर्माण गर्न सल्लाह दिए । त्यो स्क्रिप्ट सुरु देखि नै पुनः लेखियो[२]फक्स पाएको पन्ध्र घन्टा भित्र नै आफ्नो च्यानलमा देखाउन राजी भयो । त्यसको कारणको रुपमा मर्फीले फक्सको सांगितीक कार्यक्म अमेरिकन आइडलको सफलतालाई पहिल्याए । "टिभिको सबसे ठुलो हिट भएको नेटवर्क, जुन एक सांगितीक कार्यक्रम हो, उसले त्यस्तै अर्को कार्यक्रममा काम गर्नु स्वभाविक हो" उनले भने । [४] मर्फी र फाल्चुक कार्यक्रमको कार्यकारी निर्माता, ब्रेनन एक सह-कार्यकारी निर्माता र नोभिक एक निर्माता बने ।[४] ब्रेनन, फाल्चुक र मर्फीले सुरुवात "सबै भागहरु" लेखेर सुरु गरे ।[५]

ग्ली एक काल्पनिक विद्यालय - लाइमा, ओहायोको विलियम मकिन्ले हाई स्कुलको कथा मा आधारित छ ।[६] मर्फी आफु इंडियानामा हुर्केको र बाल्यकालमा ओहायोको किंग्स आइल्यान्डमा आउने गरेकाले नै ग्लीको लागि मध्य-पश्चिमको ठाउँ छानेका हुन् ।[७] तर यो कार्यक्रम हलिवुडको प्यारामाउंट स्टुडियोमा छायांकन गरिएको हो ।[८] मर्फीले भने कि उनले हाई स्कुल म्युजिकल फिल्म कहिले पनि हेरेका छैनन जो सँग ग्ली दाँजिन्छ । उनलाई बरु शिकागो जस्तो "उत्तरआधुनिक संगीत"मा आधारित कार्यक्रम बनाउन मन थियो ।[९] मर्फीको उद्देश्य वास्तविकता भन्दा पर रहेर कार्यक्रम बनाउने थियो । "अहिले टिभिमा धेरै गन भएको, अथवा साइन्स फिक्सन, अथवा वकिलहरु दौडिरहेको मात्र कार्यक्रम छ । यो एक अलग शैली हो र अहिले यस्तो कार्यक्रम कुनै पनि च्यानलमा छैन । यो संसारमा अहिले धेरै अंध्यारो कुराहरु छन्, यही कारणले नै आइडल सफल भएको हो । यो एक शुद्द मनोरन्जनात्मक कार्यक्रम हो ।[४] मर्फीले एक पारिवारिक कार्यक्रम बनाउन चाहेका थिए जुन वयस्क तथा बालबालिका सबैलाई मन परोस र कलाकारहरु पनि वयस्क र किशोर दुवै हुन ।[४] यसको लागि उनले अक्टोबर २००९ मा नै तीन वर्ष सम्म प्रसारण गर्न मिल्ने श्रृंखलाको नक्शा बनाई सकेका थिए ।[१०]

[सम्पादन गर्ने] लेखन

यो कार्यक्रमको लागि तीन रचनाकार - मर्फी, फालचुक, र ब्रेनन मिलेर कथाको योजना बनाउछन् । पहिलो दुई सत्रको लागि यसमा उनीहरु मात्र लेखक थिए जसमा उनीहरु संयुक्त रुपमा श्रेय लिने गर्दथे तर पछि जसले सुरुमा कथा लेख्नमा नेतृत्व गर्थ्यो अथवा सुरुको मस्यौदा लेख्थ्यो, त्यो हिसाबले लेखकको श्रेय एक जनाको नाममा मात्र उनीहरुले मिलेर लिन थाले । ब्रेननले उल्लेख गरे कि लेखन प्रक्रिया "छिटो र स्वतंत्र हुन्छ, जसमा छिटोलाई बढि महत्व दिइन्छ", र मर्फीलाई उद्धरित गर्दै भन्छन कि भागहरु बनाउने कुरामा, "म यस कार्यक्रमको दिमाग हुँ, ब्र्याड मुटु हो र इयन चाँहि हसाउने गर्दछ", जुन ब्रेननले ,"धेरै हिसाबले सहि हो" भनेर भन्छन । कुनै पात्रहरुको लागि एउटा लेखकले अरु लेखको तुलनामा अलि बढि लेख्छन । ब्रेनन शुको सामग्री सबैभन्दा बढि लेख्छन र फाल्चुक चाँहि कर्ट र बर्ट हम्मल बीचको दृश्य लेख्दछन, यद्दपि मर्फीले पनि कर्टको भूमिकाको लागि धेरै योगदान दिन्छन ।[११]

तेस्रो सत्र देखि भने, छ जना लेखकहरु थपिएका छन: अली एडलर, रबर्टो एगुएर-साकासा, मार्टि नोक्सोन, माइकल हिचकक, म्याट हड्जसन र रस म्याक्सवेल ।[१२] यस सत्रको चौथो भाग, "पट ओ' गोल्ड", एडलरद्वारा लेखिएको थियो जुन पहिले भाग थियो जसमा कार्यक्रमको मुख्य तीन रचनाकारले श्रेय पाएका थिएनन् ।[१३][१४]

[सम्पादन गर्ने] संगीत र नृत्य

यस श्रृंखलामा पर्दाको पात्रले अरु गायक-गायीकहरुको थुप्रै गीत गाउने गरेका छन ।[१५] गीतहरु छान्ने काम रायान मर्फी गर्दछन जो चार्ट हिट र शो ट्युनसका बीच संतुलन बनाउन प्रयास गर्छन: "म हरेक भागमा सबको लागि केहि होस भन्ने चाहन्छु । यो एक मुस्किल मिश्रण हो, तर यो संतुलन कायम राख्न निकै महत्वपुर्ण छ ।"[३] मर्फी को अनुसार सहि गीत छान्नु स्क्रिप्ट विकासको एक अभिन्न पाटो हो, "हरेक भागको एउटा मुख्य विषय हुन्छ । म स्क्रिप्ट लेखे पछि, कथा अघि बढाउन मद्दत गर्ने गीत छान्छु ।"[१६] क्रिस कल्फरले एलीसन कुगेल सँगको २०१० को अन्तर्वाता भने कि "कुनै बेला म रायन मर्फी कँहा पनि गएको छु र मलाई भएका कुराहरु भनेको छु जुन कुराहरु उनले कार्यक्रममा लेख्छन । अथवा उनले मलाई सोध्छन कि, कथाको स्थितिमा कुन गीत गाउन मन छ । मलाई लाग्दैन कि हामी मध्ये कसैले पनि आफ्नो पात्र वा कथावस्तुमा सिधा सहयोग गर्ने प्रयास गरेका छौँ तर उनीहरु निश्चित रूपमा हामीबाट चोरी चाँहि गर्छन् ।"[१७] दोस्रो सत्रको लागि, ग्लीले १८-४९ उमेर समुहलाई आकर्शित गर्न शीर्ष ४० गीतहरुको बढि उपयोग गरेको देखिएको थियो ।[१८]

मर्फी, रेकर्ड लेबलहरुले सजिलैसँग आफ्नो गीतहरु प्रयोग गर्ने अनुमति दिएकोमा आश्चर्यमा परेका थिए, र भने, "मलाई लाग्छ कि उनीहरुलाई यो कार्यक्रमको आशावादि र किशोरहरुको विषयवस्तु र पुरानो गीतहरुलाई नया दर्शकहरुको लागि रुपान्तरन गर्ने विचार एकदमै मनपर्‍यो ।[१५] केहिले भने उनलाई आफ्नो संगीत प्रयोग गर्ने अनुमति दिएनन जसमा ब्रायन एडम्स, गन्स एन्ड रोजेजकोल्डप्ले जस्ता प्रसिद्ध हस्तिहरु छन तर जुन २०१० मा, कोल्डप्लेले आफ्नो निर्णय फिर्ता लियो र ग्लीलाई आफ्नो गीत प्रयोग गर्ने अधिकार दियो। [१९] एडम्सले आफ्नो ट्विटरमा लेखे कि ग्लीको निर्माताहरु कसैले पनि उनि कँहा अनुमति लिन आएका छैनन र उनले उनीहरुलाई "फोन उठाएर कल गर्न" आग्रह गरे ।[२०] रचनाकार तथा संगीतकार बिली जोएल तथा थुप्रै अरु कलाकारले पनि आफ्नो गीत कार्यक्रममा प्रयोग गर्न प्रस्ताव गरेका छन ।[२१][२२] कोलम्बिया रेकर्ड्सको माध्यमबाट थुप्रै ग्ली साउंडट्र्याक एल्बमहरु जारी गरिएको छ । यस कार्यक्रममा प्रस्तुत गरिने गीतहरु iTunes को माध्यमबाट नयाँ भाग प्रसारण हुनुभन्दा एक-दुई हप्ता अगाडि उपलब्ध गराईन्छ भने अन्य डिजिटल आउटलेट र मोबाइलमा एक हप्ता पछि मात्र गीतहरु उपलब्ध हुन्छ ।[१०] ग्लीका संगीत निर्माता एडम ऐन्डर्सले कार्यक्रममा नयाँ गीतहरु पनि राख्न सुरु गरेका छन । जस्तै, मार्च १५, २०११ को एपिसोडमा "लुजर लाईक मि" र "गेट इट राइट" नामक नयाँ गीतहरु राखिएको थियो ।[२३]

ग्लीको नृत्य निर्देशक ज्याक वुडलि हुन र हरेक भागमा चार देखि आठ नृत्य संख्या हुन्छ ।[२४] मर्फीले गीत छानि सके पछि संगीत सुपरीक्षक पि. जे. ब्लुमद्वारा निर्माताहरुसँग त्यस गीतको अधिकार लिइन्छ र संगीत निर्माता एडम ऐन्डर्स ग्ली कलाकारहरुको लागि त्यो गीत पुन मिलाउछन ।[१०] गीतहरु कलाकारहरुद्वारा पहिले नै रेकर्ड गरिसकेको हुन्छ जसमा वुड्लिले मिल्ने नृत्य राख्छन जुन कलाकारहरुलाई सिकाइन्छ र गीत छायांकन गरिन्छ ।[३] त्यस पछि मात्र स्टुडियो रेकर्डिंग बनाइन्छ । यो प्रक्रिया त्यो भाग छायांकन हुनुभन्दा छ देखि आठ हप्ता पहिले सुरु हुन्छ र कहिले काहिँ त्यो भाग खिच्ने अघिल्लो दिन सम्म पनि जारि रहन्छ ।[१०] प्रत्येक भाग निर्माण गर्न करिब $ ३ लाख लाग्दछ,[३] र विस्तृत नृत्य हुने भएकोले खिच्न १० दिन सम्म लाग्दछ ।[९] २०१० को अन्तिम तिर‍‍ ब्लुमले भने कि यो प्रक्रिया "केहि हप्ता"मै सकिने गरि छोटो गरिएको छ ।[१८] दोस्रो सत्रको लागि निर्माताहरुलाई रेकर्ड लेबलहरुले पहिले नै गीत सुन्न प्रस्ताव राखेका थिए र यसको कारण निर्माण प्रक्रिया, ती गीतहरुको अधिकार पाउनुभन्दा अगाडि नै सुरु भइसकेको थियो ।[१८]

[सम्पादन गर्ने] प्रचार

[सम्पादन गर्ने] संदर्भ सूची

  1. १.० १.१ "Mount Prospect native helped create new Fox show 'Glee'", Daily Herald 
  2. २.० २.१ Arado, Matt (May 19, 2009), "Mount Prospect native helped create new Fox show 'Glee'", Daily Herald 
  3. ३.० ३.१ ३.२ ३.३ Fernandez, Maria Elena. "Will TV audiences watch with 'Glee'?", Los Angeles Times, Tribune Company, April 26, 2009. Retrieved on June 1, 2009.
  4. ४.० ४.१ ४.२ ४.३ Schneider, Michael. "Fox greenlights 'Glee' pilot", Variety, Reed Business Information, July 23, 2009. Retrieved on January 19, 2010.
  5. Silver, Curtis (December 7, 2009), "We're All Gleeks — 10 Questions for Glee Co-Creator Brad Falchuk", Wired, Condé Nast Publications 
  6. Kelly, Mike (May 17, 2009), "'Glee' series set in a Lima high school has Toledo connection too", The Blade, The Toledo Times 
  7. Heldenfels, Rich (May 6, 2009), "The Heldenfiles — Glee-ful Ohio", Akron Beacon Journal 
  8. Simpson, Melody (March 17, 2009), "Meet Cory Monteith & Naya Rivera of Glee", Hollywood the Write Way 
  9. ९.० ९.१ Wyatt, Edward. "Not That High School Musical", The New York Times, May 15, 2009. Retrieved on June 1, 2009.
  10. Cite error: Invalid <ref> tag; no text was provided for refs named BB
  11. VanDerWerff, Todd (February 4, 2011), "Ian Brennan, co-creator of Glee", The A.V. Club, Onion, Inc 
  12. Andreeva, Nellie (June 16, 2011), "'Glee' Hires First Writing Staff, Allison Adler Tapped As Co-EP, Marti Noxon To Consult", Deadline.com, Mail.com Media 
  13. Ng, Philiana (September 15, 2011), "'Glee': Ryan Murphy Reveals Details on 'The Glee Project' Finalists' Characters", The Hollywood Reporter, Prometheus Global Media 
  14. "Pot o' Gold". Adam Shankman (director), Ali Adler (writer). Glee. Fox. November 1, 2011. No. 4, season 3.
  15. १५.० १५.१ Kinon, Cristina. "'Glee' puts edgy spin on Top 40 tunes", The Daily News, May 18, 2009. Retrieved on May 31, 2009.
  16. Wyatt, Edward. "From 'Cabaret' to Kanye, Songs of 'Glee' Are a Hit", The New York Times, October 11, 2009. Retrieved on October 27, 2009.
  17. Kugel, Allison. "Glee Star Chris Colfer Shares His Best Behind-the-Scenes Moments and Surreal Adventures", PR.com, April 26, 2010. Retrieved on May 28, 2011.
  18. १८.० १८.१ १८.२ Donahue, Ann. "ढाँचा:"-Glee" throws lifeline to music industry", Billboard, December 13, 2010. Retrieved on December 16, 2010.
  19. Coldplay gets a Glee-over "Coldplay gets a Glee-over", Inside Ireland, June 16, 2010 
  20. "Bryan Adams tells Glee Creator to "Pick up the Phone"!", June 24, 2010 
  21. Malkin, Marc (July 29, 2009), "An Afternoon Filled With Glee", E! Online 
  22. Frankel, Daniel. "'Glee' gets songs for free", Variety, January 13, 2009. Retrieved on June 3, 2009.
  23. "'Glee': Music producer Adam Anders spills details on the show's upcoming original music – EXCLUSIVE", Entertainment Weekly, February 23, 2011 
  24. Cite error: Invalid <ref> tag; no text was provided for refs named USAToday
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा