घुसेल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
घुसेल
क्हूस्येल
グセル
—  गाँउ विकास समिति  —
घुसेल is located in नेपाल
घुसेल
नेपालको नक्सामा धुसेल अवस्थित क्षेत्र
निर्देशांक: 27°33′N 85°16′E / 27.55, 85.26
देश  नेपाल
अञ्चल बागमती
जिल्ला ललितपुर जिल्ला
जनसङ्ख्या (1991)
 - जम्मा १,७१५
समय क्षेत्र नेपालको प्रमाणिक समय (UTC+5:45)

घुसेल नेपालको बागमती अञ्चलको ललितपुर जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा २५७ वटा घर छन्। घुसेल गाउँ ललितपुर जिल्ला बाग्मति अञ्चलमा अवस्थित विकट एक गाउँ हो। यस गाउँको पूर्व-उत्तरमा देवीचउर गाउँ र दक्षिणमा माल्टा गाउँ। पश्चिममा बाग्मति नदी र पारि पट्टि मकवनपुर जिल्लाको सिस्नेरी गाउँ छ। यहाँका वासिन्दा खेती तथा पशुपालन गरि जिवनयापन गरि रहेका छन । यस गाउँमा तामाङ समुदायको बाहुल्यता रहेको पाईन्छ । काठमाडौं उपत्यका बाट अत्यन्त नजिक भईकन विकासको उज्यालोले कहिल्यै नहेरेको यहाँको वस्तुस्थितिले बताउँछ । काठमाडौं उपत्यका बाट अत्यन्त नजिक भईकन विकासको उज्यालोले कहिल्यै नहेरेको यहाँको वस्तुस्थितिले बताउँछ । त्यसैले घुसेल लगायत ललितपुरको दक्षिणीभेगको वर्णन काठमाडौंको कर्णाली भन्ने उपानाम बाट पनि चिनिन्छ ।

नामाकरण[सम्पादन गर्ने]

घुसेल गाउँको नाम नेपालको सरकारी तथा अन्य लेखौटहरुमा गलत तरिकाले धुसेल, बुसेल, गुसेल आदि लेखिएको वा टिपोट गरिएको पाईन्छ । घुसेलको वास्ताविक अर्थ तामाङ समुदायमा यसरी रहेको पाईन्छ । तामाङ भाषामा देव-देवीलाई "क्हु, कू, ला-कू" भन्ने गरिन्छ । अनुहार वा मुख लाई "स्ह्यल, स्यल" । यसरी देवताको अनुहार जस्तो ठाउँ भनि नामांकन गरि क्हुस्यल बाट अपभ्रंश भई हालको "घुसेल" रहेको बुझिन्छ । अझै पनि गाउँको छिमेकी जिल्लाका तामाङहरु घुसेल नभनि क्हुसेल भन्ने गरिन्छ ।

जनसंख्या[सम्पादन गर्ने]

नेपालको सन् २००१को जनगणना अनुसार घुसेलको जनसंख्या १५८९ छ।[१] यस मध्य पुरुष ५०%, र महिला ५०% छन्।

सन्दर्भ सूची[सम्पादन गर्ने]


बाहिरी कडीहरु[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]