घोर्थली नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। घोर्थली गाविस जिल्लाको पूर्वी भेगमा अवस्थित छ। सदरमुकामबाट ११ कोष दुरी टाढा यस गाविसको कुल क्षेत्रफल २९.३६ वर्ग किलोमिटर छ। घोर्थलीको पूर्वमा र उत्तरमा दोलखा जिल्ला पश्चिममा कर्थली र दक्षिणमा चोकटी गाविस पर्दछ। तौथली थुम अन्तर्गत पर्ने यस गाविसमा चिसो हावापानी पाइन्छ। घोर्थलीमा प्राय आलु मकै गहुँ तथा फापर उत्पादन हुन्छ। यस गाविसमा शेर्पा मगर तथा थामी जातिको बाक्लो बसोबास छ। घोर्थली गाविस प्राकृतिक सुन्दरताले धनी गाविस हो। विसं २०५८ सालको जनगणना अनुसार कुल ४१६ घरपरिवार रहेको यस गाविसमा कुल जनसंख्या २०७० छ।[१]
- ↑ "घोर्थली"