चक्रबहादुर ठकुरी
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
चक्रबहादुर ठकुरी
काठमाडौं, जोरपाटी निवासी चक्रबहादुर ठकुरी २०३६ सालदेखि नेपाली काङ्ग्रेस सँग आवद्ध हुनुहुन्छ। २०३६को जनमतसंग्रहमा बहुदल प्रचार समिति, जोरपाटीका अध्यक्ष रहेका ठकुरी २०३६मा जोरपाटी गाविसका प्रधानपञ्च निर्वाचित हुनुभयो। प्रजातन्त्रको पुनः स्थापनापछि २०४८मा गाविस अध्यक्ष निर्वाचित ठकुरी २०५२ साल देखि नेपाली कांग्रेसमा क्षेत्रीय सभापति हुनुहुन्छ।
त्रिभुवन विश्वविद्यालयका स्नातक ठकुरी समाजसेवामा रुचि राख्नुहुन्छ र कथा कविता पनि लेख्नुहुन्छ। प्रजातन्त्रप्रतिको लगाव, समाजसेवी चिन्तन र जनतासँगको निकट सम्बन्धले आफूलाई संविधानसभा सभासदमा विजयी वनाएको बताउने ठकुरी संविधानसभामा आफूले लोकतन्त्र, मैलिक अधिकार र बहुलवादी समाजको निर्माणको पक्षमा आवाज उठाउने बताउनुहुन्छ। उहाँ २०४६ सालमा भएको पञ्चायतको समाप्ति र प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा जेल परिसक्नुभएको छ। राजनीति बाहेक उहाँको अर्को पेशा छैन।