चट्याङ्

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो।हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ। यो अचानक हुने विद्युतीय विस्फोटन हो। यसमा बादलबाट बादल र त्यहाँबाट पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ। यो पूर्णतः प्राकृतिक खतरा हो। साधारणतयाः चट्याङको आवाज २० किलोमिटरभन्दा टाढा सुन्न सकिँदैन। अपवादको रूपमा ६० किलोमिटरसम्म सुनिएको रेकर्ड छ। आवाजविनाको चट्याङलाई "उष्ण बिजुली" भनिन्छ।सबै चट्याङले विद्युत्को लहर उत्पन्न गराउँछन्। त्यसैले सबै चट्याङ खतरनाक हुन्छन्। यसको पूर्वानुमान लगाउन सकिँदैन। यो वर्षा भएका ठाउँबाट १५ किलोमिटरभन्दा बढीसम्म पर्न सक्छ। त्यसैले चट्याङ परेका बेला अपनाउनुपर्ने र त्यसका लागि पूर्वतयारी गरेमा यसबाट हुने क्षतिको जोखिम कम गर्न सकिन्छ।

Blesk.jpg
Lightnings sequence 2 animation.gif

विषयसूची

चट्याङ्को समय [सम्पादन गर्ने]

सामान्यतया चट्याङ कुनै पनि समयमा पर्न सक्छ। पृथ्वीमा बाह्रैमहिना हरेक दिन हजारौं चट्याङ परिरहेको हुन्छ। तर मनसुन अघिपछि बादलको उचाइ धेरै हुने र अरूबेला भन्दा धेरै पटक ठूलो चट्याङ पर्ने भएकाले तीव्र र बढी खतरा हुन्छ।

वैज्ञानिक कारण [सम्पादन गर्ने]

आकाशमा बादलहरूको हलचल र एक आपसमा टकराउ तथा घर्षण का कारण एक किसिमको विद्युतीय करेण्ट उत्पन हुन्छ। त्यो करेण्टलाई वैज्ञानीक भाषामा विद्युतिय अणु "प्रोटन" भनिन्छ। उक्त प्रोटन अणुहरू पृथ्वीमा भएको "न्युटल" अणु प्राप्त गर्नको लागि जमीन तर्फ चुम्बकिय गतिले प्रहार हुन्छ। प्राय: सल्लो, पैँयु, खडीक, टुनी जस्ता अग्ला रुखहरूका साथै अग्ला घरहरूमा "न्युटल"को सम्पर्कमा आएर आकाशिय "प्रोटन" अणुसँग संघर्षणको कारण एक प्रकारको विद्युतिय करेण्ट उत्पन्न हुन्छ। त्यस कारण चट्याङ् पर्छ।[१]

चट्याङ सँग जमीनमा झर्ने वस्तुहरू [सम्पादन गर्ने]

चट्याङ् एक विद्युतिय करेण्ट हो तर पनि चट्याङ् सँग ढुंगा जस्तै कडा धातुहरूको आगमनको अनुमान गरिन्छ। जसले गर्दा चट्याङ् परेको रुखमा बोक्राहरूका साथै कतै कतै त हाँगा समेत खसेको देखिन्छ। पश्चिम नेपालको भाषामा चट्याड्लाई "चिड्को" "चिर्को" भनिन्छ। उनिहरूको अनुमानमा चट्याङ्मा बन्चरो, ओदान, निकान, पेठो आदी वस्तुहरू खस्छ। कतिपय मान्छेले चट्याङ् परेको रुखमुनी खनेर निकालिएका बन्चरा आकारका ढुंगाहरू तान्त्रिक प्रयोग गरि रहेको पनि देखिएको छ। यस्ता वस्तुहरू कमै मात्रामा भेटिन्छन्। गाईको गोबर, केराको बोट, बाधो पहराको सम्पर्कमा आए पछि यस्ता वस्तुहरू जमीनमै रहने जन विश्वास छ।

असर [सम्पादन गर्ने]

चट्याङमा परेर मर्ने मात्र होइन घाइतेको अवस्था पनि अत्यन्त पीडादायी देखिन्छ। प्रसिद्व चट्याङ् विशेषज्ञ[२] का अनुसार चट्याङबाट घाइते हुने धेरैमा विभिन्न मानसिक र शारीरिक दीर्घरोग देखा पर्छन्। कोही बेहोस हुन्छन्, कसैको बोली, कान र आँखा बन्द हुने, स्मरणशक्तिमा ह्रास आउने, शरीर लाटो हुने, रिँगटा लाग्ने, जोर्नी कडा हुने, मांसपेसी बाउँडिने, डिप्रेसन हुने हुन्छ। तर, नेपालमा चट्याङका घाइतेलाई सामान्य उपचार गरेर छाडिने हुनाले दीर्घकालीन असरको निदान र उपचार हुँदैन। चट्याङ्बाट आगलागीको पनि ठूलो खतरा हुन्छ।

सावधानी [सम्पादन गर्ने]

  • बिजुली चम्केको बेला सतर्क रहने।
  • फोन, कम्प्युटर, गेम, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने, विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु नछुने।
  • बिजुली चम्केको आधा घन्टासम्म पानी परेको क्षेत्रको १० माइलको परिधिमा कतै ननिस्कने।
  • सकेसम्म घरभित्रै झयालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने।
  • खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्ने; अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमीनमा नबस्ने।
  • बिजुलीको व्यवस्था भएको ठाउँमा अग्ला घरहरूको निर्माण गरेमा लाइटनिङ रडको प्रयोग गर्ने
Global lightning strikes.png

श्रोत [सम्पादन गर्ने]

सन्दर्भ सामग्री [सम्पादन गर्ने]

  1. भौतिक विज्ञान
  2. अमेरिकास्थित इलिनोय विश्वविद्यालयको लाइटनिङ इन्जुरी रिसर्च प्रोग्रामकी प्रोफेसर डा. मेरी एन कुपर