चन्द्रबहादुर डाँगी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चन्द्रबहादुर डाँगी
डाँगी गिनिज बुक्सको प्रमाण पत्र साथ
जन्म(१९३९-११-३०)३० नोभेम्बर १९३९, १९९६ साल मंसीर १५
कालीमाटी रामपुर, सल्यान जिल्ला
मृत्युसेप्टेम्बर ४, २०१५(२०१५-०९-०४), २०७२ भदौ १८ [१]
वासस्थानपुरन्धारा गाविस, दाङ जिल्ला, नेपाल
राष्ट्रियतानेपाली
पेशाकिसान
चिनारीको कारणविश्वको सबभन्दा होचो जीवित व्यक्ति, विश्वको सबभन्दा होचो प्रौढ व्यक्ति
उचाइ०.५४६ मी (१ फिट   इन्च)
तौल१४.५ किलोग्राम (३२ पाउन्ड)

चन्द्रबहादुर डाँगी (१९९६ साल मंसीर १५ [२] - २०७२ भदौ १८ [३] )लाई २०६८ फागुन १४ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डसले विश्व कै जीवित होचा व्यक्ति भएको पुष्टि गरेको हो। उनलाई नाप्न लन्डनबाट आएका गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेले डाँगीको उचाइ ५४.६ सेमी मात्र भएको प्रमाणित गरे। लन्डनबाट काठमाडौँ आएको गिनिजको टोलीले लैनचौरको क्लिनिक ट्राभल मेडिसिन सेन्टरमा उनको उचाइ गिनिजको मापदण्ड अनुसार २४ घण्टामा तीन पटक नापेको थियो। गिनिज बुकको आधिकारिक साइटमा उल्लेख भए अनुसार उनी विश्वमा अहिलेसम्म भेटिएकामध्ये नै सबैभन्दा होचा प्रमाणित भएका हुन्। यो कीर्तिमान यसअघि भारतका गुल मोहम्मदको नाममा थियो जसको उचाइ ५७ सेमी थियो। जीवित व्यक्ति मध्ये सबैभन्दा होचाको कीर्तिमान चाहिँ यसअघि फिलिपिन्सका जुन्रे वालाविङ[४] को नाममा थियो। डाँगीको तौल १२ किलोग्राम रहेको छ।

मृत्यु[सम्पादन गर्नुहोस्]

२०७२ भदौ १८ गते शुक्रबार अमेरिका भ्रमणमा रहेका चन्द्रबहादुर डाँगीको ७६ वर्षको उमेरमा अमेरिकाको ल्यान्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा उपचारका क्रममा निधन भएको थियो।[५] चन्द्रबहादुर डाँगीको २०७२-०६-२० गते तदअनुसार २०१५ अक्टोबर ७ का दिन उहाँकै जन्मथलो सल्यानमा अन्त्यष्टि गरिएको हो।[६] उहाँको सल्यान कालिमाटी, टाट्कीस्थित सारदा नदीमा अन्त्यष्टि गरिएको हो। निमोनियाबाट मृत्यु भएको झण्डै एक महिना पछि डाँगीको शव नेपाल ल्याइएको थियो। उहाँको पार्थीव शरीर काठमाडौँ ल्याइएपछि सूचना तथा सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले नेपालको राष्ट्रिय झन्डा ओढाएर सम्मान गर्नुभएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Nepalikoradio.com
  2. अब्दुल्लाह मियाँ (२०१२-०२-२६), "७२ वर्षीय चन्द्रबहादुर बने विश्वकै होचा", अब्दुल्लाह मियाँ, ekantipur.com, अन्तिम पहुँच फेब्रुअरी २८, २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-२७ मिति
  3. Nepalikoradio.com
  4. Taggart, Frankie (२०१२-०२-२६), "Sorry Junrey, Nepali is world's shortest man", Agence France Presse, ABS-CBN News, अन्तिम पहुँच फेब्रुअरी २६, २०१२ 
  5. http://www.onlinekhabar.com/2015/09/321388/ विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको निधन
  6. "विश्वकै होचा चन्द्रबहादुरको अन्त्यष्टि गरियो", अनलाइनखबर डटकम, अनलाइनखबर, २०७२ असोज २१, अन्तिम पहुँच ५ जनवरी २०१९