चन्द्रबहादुर डाँगी
नेपाली विकिपीडियाबाट
| चन्द्रबहादुर डाँगी | |
|---|---|
| जन्म |
30 नोभेम्बर 1939 कालीमाटी रामपुर, सल्यान जिल्ला |
| वासस्थान | पुरन्धारा गाविस, दाङ जिल्ला, नेपाल |
| राष्ट्रियता | नेपाली |
| पेशा | किसान |
| प्रशिद्धि | विश्वको सबभन्दा होचो जीवित व्यक्ति, विश्वको सबभन्दा होचो प्रौढ व्यक्ति |
| उचाइ | ०.५४६ m (१ ft in) |
| तौल | १४.५ kilograms (३२ lb) |
चन्द्रबहादुर डाँगी(जन्म:१९९६ साल मंसीर १५[१] )लाई २०६८ फागुन १४ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डसले विश्व कै जिवित होचा व्यक्ति भएको पुष्टि गरेको हो। उनलाई नाप्न लन्डनबाट आएका गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेले डाँगीको उचाइ ५४.६ सेमी मात्र भएको प्रमाणित गरे। लन्डनबाट काठमाडौँ आएको गिनिजको टोलीले लैनचौरको क्लिनिक ट्राभल मेडिसिन सेन्टरमा उनको उचाइ गिनिजको मापदण्ड अनुसार २४ घण्टामा तीन पटक नापेको थियो। गिनिज बुकको आधिकारिक साइटमा उल्लेख भए अनुसार उनी विश्वमा अहिलेसम्म भेटिएकामध्ये नै सबैभन्दा होचा प्रमाणित भएका हुन्। यो कीर्तिमान यसअघि भारतका गुल मोहम्मदको नाममा थियो जसको उचाइ ५७ सेमी थियो। जीवित व्यक्ति मध्ये सबैभन्दा होचाको कीर्तिमान चाहिँ यसअघि फिलिपिन्सका जुन्रे वालाविङ[२] को नाममा थियो।
सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]
- ↑ अब्दुल्लाह मियाँ (2012-02-26), "७२ वर्षीय चन्द्रबहादुर बने विश्वकै होचा", अब्दुल्लाह मियाँ, ekantipur.com
- ↑ Taggart, Frankie (2012-02-26), "Sorry Junrey, Nepali is world's shortest man", Agence France Presse, ABS-CBN News