चन्द्र प्रकाश गजुरेल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

माओवादीका तर्फबाट सिन्धुली -२ बाट विजयी सभासद् हुनुहुन्छ चन्द्रप्रकाश गजुरेल 'गौरव'। ६० वर्षीय गौरव माओवादी सचिवालयका ११ सदस्यमध्ये एक सदस्य एवं अन्तर्राष्ट्रिय विभागको ईन्चार्ज हुनुहुन्छ। माओवादीभित्र पुरानाका नेतामा पर्नुहुने गजुरेल सिन्धुलीकै हालको कमलामाई नगरपालिका ९, ढुंग्रेबासमा मध्यम वर्गीय परिवारमा जन्मनुभएको थियो। २०२३मा पार्टी सदस्य पाउनुभएका गौरव ०३७मा चौथो महाधिबेसनको केन्द्रीय सदस्य र २०४०मा नेकपा मसालको पोलिटब्युरो सदस्य हुनुभएको थियो। ०३६ देखि भूमिगत राजनीतिमा होमिनुभएका गजुरेल २०४८मा खुला हुनुभएको थियो। जनयुद्ध थालनी भएपछि पुनः भूमिगत हुनुभएको थियो। उहाँ ०३५-३७ र ०६०-६३ सम्म गरी जम्मा ६ वर्ष जेल जीवन बिताउनुभएको छ।

माओवादीका चुनावी एजेण्डा नै आफ्नो सविधानमा लेखाउने बताउनु हुन्छु सभासद् गजुरेल। माओवादीको नयाँ विचार र एजेण्डासहित आफू पनि लामो समयदेखि नै जनतामाझ जनताकै नाउँमा जीवन समर्पित गरेको हुनाले जितेको दाबी गर्नुहुन्छ। उहाँ प्रवासको ईन्चार्ज भएर लामो समयसम्म काम गर्नुभयो।

अन्तरमुखी स्वभावका गजुरेलका कथासंग्रह पनि प्रकाशित छन्। उहाँको औपचारिकरूपमा विज्ञान संकायबाट स्नातक हुनुहुन्छ। उहाँका २ छोरा २ छोरी र एक श्रीमती छन्।[१]

सन्दर्भ[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. संविधान सभा निर्वाचन पोर्टल