चन्द्र सम्शेर जङ्गबहादुर राणा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
शिकारका क्रममा नेपालको तराई पुगेका बेलायती महाराजा जर्ज पाँचौंलाई स्वागत गर्दै चन्द्र सम्शेर (बायाँ) सन् १९११

चन्द्र शम्शेर जंगबहादुर राणा (१९५८-१९८६)

राणा शासनका पाचौं श्री ३ महाराजको रूपमा चन्द्र शम्शेर नेपालको प्रधानमन्त्री बनेका थिए। यिनी आफ्ना दाजू देव शम्सेरलाई सत्ताबाट च्यूत गरेर धनकुटा गौंडा धपाई श्री ३को पदमा विराजमान भएका थिए। चतुर र केही हदसम्म सुधारक देखिएका यिनी निकै लामो समयसम्म (झण्डै २८ वर्ष) नेपालको प्रधानमन्त्री रहे। पहिलो विश्वयुद्ध ताका यिनी नेपालका प्रधानमन्त्री थिए। यिनले ब्रिटिस फौजको तर्फबाट लड्न ठूलो संख्यामा नेपाली सेना पठाएका थिए।

शैक्षिक योगदान [सम्पादन गर्ने]

चन्द्र शमशेरको समयको मध्य काटिरहँदाको अवस्थामा विश्व, खासगरी भारतीय उपमहाद्विपको राजनैतिक वातावरणमा उल्लेख्य भिन्नता आउन थाल्यो। पहिलो विश्वयुद्धमा डेढलाख बढी नेपाली लाहुरेहरू विश्वका विभिन्न भागमा पुगेर फर्केपछि तिनले गाउँ गाउँमा आफूले ठाउँ ठाउँमा देखे-भोगेको ज्ञानगुन र चमत्कारका कुरा सुनाउन थाले। भारतमा पनि वि्रटिश विरुद्धको स्वतन्त्रता संग्राम उल्लेख्य मात्रामा बढेर गयो। यो अवस्थामा नेपाली विद्यार्थीलाई पढाइका लागि भारत पठाउँदा त्यहाँको चेतवाट दीक्षित भएका युवा विद्यार्थीले नेपालको आफ्नो जहानिया शासनमा घातक प्रभाव पार्न सक्ने भएपछि कूटिल प्रधानमन्त्री चन्द्र शमशेरले नेपालमै उच्च शिक्षा हासिल गर्न सकिने व्यवस्था बाँध्ने निश्चित गरे। परिणामतः त्रिचन्द्र क्याम्पसको स्थापना भयो।

|