चाँगुनारायण मन्दिर
| चाँगुनारायण मन्दिर | |
|---|---|
चाँगुनारायण मन्दिर |
|
|
|
|
| निर्देशांक: | 27°42′35″N 85°25′40″E / 27.70972°N 85.42778°ECoordinates: 27°42′35″N 85°25′40″E / 27.70972°N 85.42778°E |
| नाम | |
| अन्य नामहरू: | गरुडनारायण |
| वास्तविक नाम: | चाँगुनारायण |
| संस्कृत: | चम्पकनारायण |
| नेवारी: | चंगुनारायण |
| अवस्थिति | |
| देश: | नेपाल |
| जिल्ला: | भक्तपुर |
| स्थान: | चाँगुनारायण गाउँ विकास समिति |
| कला र संस्कृति | |
| मुख्य देवता: | विष्णु |
| प्रमुख चाडपर्व: | तीज |
| वास्तुशैली: | प्यागोडा |
| ऐतिहासिक पृष्ठभुमि | |
| निर्माणकर्ता: | हरिदत्त बर्मा |
चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालिन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३मा बनाएको भन्ने भनाई पाइन्छ। नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण गा.वि.स.मा अवस्थित छ। भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको पाइन्छ। काठमाडौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो। उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९६९मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो। तेलकोट भन्ज्याङ्ग-तेलकोट डाँडा-चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ। साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौं उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ।[१]
नामाकरण [सम्पादन गर्ने]
चाँगुनारायणलाई चम्पकनारायण, चँगुनारायण, गरुडनारायण आदि नामले पनि चिनिन्छ। परापूर्व कालमा यो मन्दिरको नाम के रह्यो भन्ने कुनै आधार छैन। लिच्छवी कालमा यस मन्दिरको नाम डोलाशिखर स्वामी थियो। चाँगुनारायण मन्दिर अवस्थित डाँडोको नाम डोलागिरी र यसको शिखरको स्वामीको रूपमा यिनलाई डोलाशिखर स्वामी भनिएको हो। मल्लकालमा यिनको नाम नेपाल भाषामा कथिन पुग्यो। नेपाल भाषामा 'चाँप'लाई 'च' र 'वन'लाई 'गुँ' भनिन्छ। त्यही चंगुनारायण अपभ्रंस भएर पछि चाँगुनारायण हुन गएको हो। सस्कृतमा यिनलाई चम्पकनारायण भनिन्छ।
इतिहास [सम्पादन गर्ने]
चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालमा राजा हरिदत्त बर्माले गरेका भएपनि लिच्छविकाल मै अर्का राजा मानदेवको बि.सं ५२१मा चाँगुनारायण मन्दिरमा गरुडको मुर्ति स्थापना गराइ अभिलेख राख्न लगाएका थिए। सोहि समयमा राजा मानदेवले चाँगुनारायण मन्दिरको गुठीको लागि जमीन चढाएको कुरा उक्त अभिलेखमा अंकित छ। राजा मानदेवले चाँगुनारायण मन्दिरमा आफ्नो र आफ्नो श्रीमतीको मुर्ति समेत प्रतिस्थापन गर्न लगाएका थिए।
सन्दर्भ सामाग्री [सम्पादन गर्ने]
|
|||||||