चापमापक यन्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ब्यारोमिटर वायुमण्डलीय चाप (Atmospheric Pressure) नाप्ने यन्त्र हो । यसले पानी, हावा वा पारोको प्रयोगद्वारा चापको मापन गर्छ। यसको प्रयोग मौसम भविष्यवाणी तथा उचाइ पत्ता लगाउन गरिएको पाइन्छ । साधारण ब्यारोमिटर एउटा सिसाको नलीलाई पारो भरिएको कचौरामा डुबाएर बनाउन सकिन्छ । जब वायुमण्डलको चापमा परिवर्तन हुन्छ, त्यसको प्रभावले नलीभित्रको पारोको सतह पनि तलमाथि सर्छ । यही नलीमा देखिएको पारोको उचाइलाई नै चापको रूपमा नापिन्छ । समुद्र सतहमा वायुमण्डलीय चाप ७६० मिमि पारोको उचाइ (७६०mmHg) हुन्छ । उचाइ अनुसार चापको फेरबदललाई प्रयोग गरी अल्टिमिटरको निर्माण गरिन्छ जुन यन्त्र समुद्र सतहदेखिको उचाइ पत्ता लगाउन प्रयोग गरिन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

इटालीका वैज्ञानिक इभानजेलिस्टा टोरिसेलीलाई ब्यारोमिटरको आविष्कारक मानिन्छ ।

प्रकार[सम्पादन गर्नुहोस्]

पारोयुक्त ब्यारोमिटर[सम्पादन गर्नुहोस्]

पारोयुक्त ब्यारोमिटर

एनेरोइड ब्यारोमिटर[सम्पादन गर्नुहोस्]

आधुनिक एनेरोइड ब्यारोमिटर

प्रयोग[सम्पादन गर्नुहोस्]